कार्तिक २७, २०८३
ताप्लेजुङ – मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय पुरुष छनौट प्रतियोगितामा ताप्लेजुङले खोटाङसँग प्रतिष्पर्धा गर्ने भएको छ ।
बाइमा परेको ताप्लेजुङले उदयपुरलाई पराजित गरेको खोटाङसँग शनिबार खेल्न लागेको हो ।
प्रतियोगिताका लागि ताप्लेजुङबाट टिम व्यवस्थापक सन्तोष गुरुङ, टिम कोच देवकुमार (डिके) मादेन र टिम क्याप्टेन नविन खवास नेतृत्वको टोली शुक्रबारै धरान पुगेको छ ।
ताप्लेजुङबाट आकाश पतङवा, सोहन नेयोङहाङ, सन्तोष गहतराज, पनिस गुरुङ, सागर श्रेष्ठ, सन्जुहाङ साँवा, सिसिर राई, आदित्य लिम्बू, आयुश केदेम, राजन लिम्बू टिममा समेटिएका छन् ।
यस्तै टिममा, सविन तामाङ, पासाङ तेम्बा शेर्पा, दिपेश लिम्बू, अभिषेक लिम्बू, अभिषेक त्रिखत्री सहितको १८ सदस्यीय टोली रहेको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अन्जना कडरियाले बताएकी छन् ।
प्रतियोगिता धरानको एन्फा एकेडेमीमा दिउसो २ बजेदेखि हुनेछ ।
