२८ कार्तिक २०८३, शनिबार

फङफङदेन झरना मेलामा शम्भु, सुनिता, बबिना र रविनले स्टेज तताउने

Logo
Taplejung Press शुक्रबार, कार्तिक २७, २०८३

कार्तिक २७, २०८३
ताप्लेजुङ
मंसिर २ देखि ६ गतेसम्म मिक्वाखोला गाउँपालिका ४ साँवामा हुने फङफङदेन झरना पर्यटन मेलामा चारजना कलाकारले मञ्च तताउने भएका छन् ।
आयोजक फङफङदेन झरना विकास समितिका अनुसार शम्भु राई, बबिना किराँती र सुनिता थेगिम आउने छन् । यसका अलावा याक्थुङ स्टार रविन लेछर्वो सहितका कलाकारको जमघट हुने छ ।
अध्यक्ष विजय साँवाका अनुसार साँगीतिक तथा सांस्कृतिक साँझभनें मंसिर ५ गते मात्रै हुनेछ । मेला २ गतेदेखिनै भएपनि अन्य दिन अरुनै कार्यक्रम हुने साँवाले बताए ।
सबै कलाकारको एकै रात प्रस्तुती रहने र चर्चित कलाकारको जमघट हुने साँवाले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066