२८ कार्तिक २०८३, शनिबार

सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, कार्तिक २७, २०८३

कार्तिक २७, २०८३
ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला मङ्सिर २३ देखि २९ गतेसम्म हुने भएको छ ।
किरात लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका अगुवा सिरिजङ्गा सिं थेवेको जन्मजयन्तीको अवसरमा गाउँपालिकाको केन्द्र तेल्लोकमा हुने भएको हो ।
तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा हुने मेलामा भारतको एक सहित आठ टिमबीच फुटबल प्रतियोगिता हुने अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
यस वर्षको प्रतियोगितामा युनाइटेड खर्साङ क्लब भारत, आयोजक तेल्लोक सर्पोटिङ क्लब, झापाको सैनिक युथ क्लब, इलामको रेडहर्स क्लब, पाँचथर फुटबल क्लब ,मोरङको युनिक महादेव क्लब बेलबारी, मरिक एफसी धरान सुनसरी र म्याङ्लुङ् स्पोर्टिङ क्लब तेह्रथुम सहभागि हुनेछन् ।
विजेताले ३ लाख ५१ हजार, उपविजेताले १ लाख ७५ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान पाँच हजारका दरले प्रोत्साहन गरिने छ ।
यो प्रतियोगिता २०७८ सालबाट हुँदै आएको छ । सिरिजङ्गा मेलामा स्थानीय उत्पादनको बजारीकरण हुनुकासाथै राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भट्टराईले बताए ।
फुटबल, मेला समेतको गरी ५५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । गाउँपालिका, वडा तथा अन्य व्यक्तिको सहयोगबाट मेला सन्चालन हुँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066