कार्तिक २७, २०८३
ताप्लेजुङ
मंसिर २ देखि ६ गतेसम्म मिक्वाखोला गाउँपालिका ४ साँवामा हुने फङफङदेन झरना पर्यटन मेलामा चारजना कलाकारले मञ्च तताउने भएका छन् ।
आयोजक फङफङदेन झरना विकास समितिका अनुसार शम्भु राई, बबिना किराँती र सुनिता थेगिम आउने छन् । यसका अलावा याक्थुङ स्टार रविन लेछर्वो सहितका कलाकारको जमघट हुने छ ।
अध्यक्ष विजय साँवाका अनुसार साँगीतिक तथा सांस्कृतिक साँझभनें मंसिर ५ गते मात्रै हुनेछ । मेला २ गतेदेखिनै भएपनि अन्य दिन अरुनै कार्यक्रम हुने साँवाले बताए ।
सबै कलाकारको एकै रात प्रस्तुती रहने र चर्चित कलाकारको जमघट हुने साँवाले बताए ।
