३० कार्तिक २०८३, सोमबार

दशौं राष्ट्रिय खेलकुद प्रदेश छनौट प्रतियोगिता

क्रिकेटमा ताप्लेजुङ इलामसँग ९ विकेटले पराजित, प्रदेशका नौ जिल्ला सहभागी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, कार्तिक २९, २०८३

ताप्लेजुङ – दशौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगितामा ताप्लेजुङ पराजित भएको छ । इलामसँग ९ विकेटले पराजित भएको हो ।
ताप्लेजुङले ५७ रन बनाएको थियो । रविन श्रेष्ठ राजु मादेन र बालकुमार लिम्बुले रन बनाएका थिए । आकाश उप्रेतीले बलिङ गरेका थिए ।
‘पहिलो पटकपनि भयो । हाम्रो केही तालमेल मिलेन । तुलनात्मक रुपमा बलियो भएपनि इलामसँग राम्रो प्रतिष्पर्धा भयो’ टिम क्याप्टेन रविन श्रेष्ठले भने ।
यता,कोसी प्रदेशका पाँच जिल्लाका क्रिकेट संघले मात्रै नेपाल क्रिकेट संघ (क्यान)बाट मान्यता पाए पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजित प्रदेशस्तरीय छनोटमा नौ जिल्लाले सहभागिता जनाएका छन् । क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

कोसी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरका क्रिकेट संघले मात्रै क्यानबाट मान्यता पाएका छन् । तर, प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको दशौं राष्ट्रिय खेलकुदका लागि पुरुष क्रिकेट छनोट प्रतियोगितामा भने प्रदेशका नौ जिल्लाका टोली सहभागी भएका छन् । प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा पहिलोपटक यति धेरै जिल्लाको सहभागिता भएको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले जानकारी दिए ।

विराटनगरस्थित मेरिलिबोन क्रिकेट मैदानमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा मोरङ, झापा, सुनसरी, इलाम, उदयपुरसहित धनकुटा, पाँचथर, खोटाङ र ताप्लेजुङका टोली सहभागी छन् । मंसिर १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदमा कोसी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिनेछ ।

क्यानबाट मान्यता पाएका पाँच जिल्लामा मात्रै सीमित नभई अन्य जिल्लाका खेलाडीलाई समेत प्रदेशस्तरीय छनोटमा अवसर दिइनुले यसपटकको प्रतियोगितालाई थप फराकिलो बनाएको सदस्यसचिव घोषले जानकारी दिए । नौ जिल्लाको सहभागिताले राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटसँगै प्रदेशका विभिन्न जिल्लामा क्रिकेट खेलिरहेका खेलाडीको क्षमता पहिचान गर्ने अवसरसमेत सिर्जना गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066