कार्तिक २८, २०८३
ताप्लेजुङ – मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय पुरुष छनौट प्रतियोगिताकालागि ताप्लेजुङको टिम क्याप्टेनको जिम्मेवारी नविन खवासले पाएका छन् ।
खवास नेतृत्वको ताप्लेजुङ टिमले शनिबार दिउसो खोटाङसँग प्रतिष्पर्धा गर्दैछ । उदयपुरलाई पराजित गरेको खोटाङसँग शनिबार दिउसो २ वजेदेखि खेल्न लागेको जिल्ला खेलकुद विकास समितिका सदस्य एवं टिम व्यवस्थापक सन्तोष गुरुङले जानकारी दिए ।
प्रतियोगिताका लागि ताप्लेजुङबाट टिम व्यवस्थापक सन्तोष गुरुङ, टिम कोच देवकुमार (डिके) मादेन रहेका छन् ।
ताप्लेजुङको टोली शुक्रबारै धरान पुगेको हो ।
ताप्लेजुङबाट आकाश पतङवा, सोहन नेयोङहाङ, सन्तोष गहतराज, पनिस गुरुङ, सागर श्रेष्ठ, सन्जुहाङ साँवा, सिसिर राई, आदित्य लिम्बू, आयुश केदेम, राजन लिम्बू टिममा छन् ।
यस्तै टिममा, सविन तामाङ, पासाङ तेम्बा शेर्पा, दिपेश लिम्बू, अभिषेक लिम्बू, अभिषेक त्रिखत्री सहितको १८ सदस्यीय टोली रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगिता धरानको एन्फा एकेडेमीमा हुनेछ ।