२७ कार्तिक २०८३, शुक्रबार

रेडक्रस ताप्लेजुङ प्रमुखमा मनिष अधिकारी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, कार्तिक १७, २०८३

कार्तिक १७, २०८३
ताप्लेजुङ – विपत्‌मा सहयोगी भूमिका निर्वाह गर्दै आएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङको कार्यालय प्रमुखको जिम्मेवारी मनिष अधिकारीले पाएका छन् ।
फुङलिङ नगरपालिका ८ दोखु घर भएका अधिकारीलाई कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको रेडक्रस सभापति इन्द्र गुरुङले जानकारी दिए ।
‘उहाँ मनिष पहिल्यैदेखि यही कार्यरत रहनु भएको थियो । योग्यता पुगेको, इमान्दार रेडक्रसका सबै काम जान्ने भएकाले उहाँलाईनै जिम्मेवारी दिएका छौँ,’ सभापति गुरुङले भने, ‘थप जनशक्ति आवश्यक परे विपत्‌को बेला पर्ने हो । त्यतिबेला बरु अरु जनशक्ति हायर गर्नुपर्छ भन्ने रणनीति बनाएका छौँ ।’
पछिल्ला वर्ष रेडक्रस आन्तरिक आम्दानीबाट चल्दै आएको छ । फुङलिङ नगरपालिका २ मेदीबुङ निवासी अर्जुन कार्कीले यहाँ २०५५ आषाढ १ गतेदेखि कार्यालय प्रमुखको रुपमा काम गर्दै आएका थिए ।
उमेर हदका कारण २०८३ कार्तिक १ गतेदेखि अनिवार्य अवकाशमा गएका छन् । कार्कीले २८ वर्ष ४ महिनासम्म काम गरेको जनाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066