२७ कार्तिक २०८३, शुक्रबार

सुचना सहित

ताप्लेजुङका नागरिकले भक्तपुर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि पाउने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, कार्तिक १४, २०८३

काठमाडौँ — नागरिकताको प्रतिलिपि बनाउन स्थायी ठेगाना भएको जिल्लामा जानु नपर्ने भएको छ ।
संघीय राजधानी काठमाडौंउपत्यकामा बसोबास गरिरहेका अन्य जिल्लाका नागरिकले काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले अन्य जिल्लाका नागरिकलाई उपत्यकाका तीन जिल्लाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
नयाँ व्यवस्थापछि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ताप्लेजुङ सहित कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकले प्रतिलिपि पाउने छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी तथा ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले नागरिकताको प्रतिलिपि लिन सक्ने छन् ।
कोशी र मधेश प्रदेशका जिल्लाका नागरिककालागि भक्तपुर जिल्ला प्रशासन कार्यालय तोकिएको हो ।
नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा पानीले भिजेर नष्ट भएको, झुत्रिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले नयाँ व्यवस्था अनुसार प्रतिलिपि बनाउने सुविधा पाउने छन् । अभिलेख नभिडेको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति, ठेगाना वा अन्य विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने अवस्था तथा नागरिकताको प्रमाणपत्र शंकास्पद देखिएका निवेदकले भने सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066