०३ साउन २०८३, सोमबार

तेब्बरले बढाइयो ताप्लेजुङ गोल्डकपको टिकटदर

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, साउन ०२, २०८३

साउन ३, २०८३
ताप्लेजुङ – भाद्र १२ देखि १९ गतेसम्म सदरमुकाम फुङलिङ स्थित भानुजन माविको मैदानमा हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकटदर तेब्बरले बढाइएको छ ।
यस वर्षको प्रतियोगिता हेर्ने दर्शकले सुरुवाती चरणका चार खेल अर्थात क्वाटर फाइनलकालागि जनही ३ सय कादरले टिकट खरिद गर्नुपर्नेछ । एक जनाकालागि क्वाटर फाइनलका सबै खेल हेर्ने १२ सय रुपैंया लाग्नेछ । आयोजकले यस वर्षपनि आठ टिमको सहभागीता रहने जनाइसकेका छन् । जसका कारण क्वाटर फाइनलका चार खेल हुनेछन् । गतवर्ष सम्म क्वाटर फाइनल अर्थात पहिलो चरणकालागि एक सय रुपैंया रहेको थियो ।
सेमिफाइनलकालागि जनही ५ सय रुपैंया तोकिएको छ । दुईवटा सेमिफाइनलका लागि १ हजार रुपैंया लाग्नेछ । फाइनलकालागि १ हजार रुपैंया निर्धारण गरिएको आयोजक लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । मादेनले दिएको सूची अनुसार एक जनाकालागि पुरै प्रतियोगिता हेर्न ३ हजार २ सय रुपैंया लाग्नेछ । प्याकेजमा टिकट किन्नेकालागि तीन हजार रुपैंया राखिने मादेनले बताएका छन् ।
गतवर्ष सम्म पहिलो चरणका चार खेलका लागि जनही १ सय, सेमि फाइनलकालागि २ सय र फाइनलकालागि २ सय ५० रुपैंया रहेको थियो । एक जनाले एक हजार ५० रुपैंया खर्च गर्नु पथ्र्यो । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगितामा दर्शककालागि बाँसको प्याराफिट बनाउने गरिएको छ । चौंरी र सिमेण्टको प्याराफिटपनि रहेको छ ।
प्रतियोगिताको तयारी सुरु भइसकेको समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । अव प्याकेजमा टिकट कटाउन सुरु गरिने छ । गतवर्ष आयोजकले ठेक्कामा टिकट बिक्री गरेका थिए । २० लाख रुपैंयामा ठेक्का लागेको थियो । यस वर्षको प्रतियोगितामा गतवर्षको विजेता सहलेश युवा क्लब सिराहा, फिदिम स्पोर्टीङ क्लब पाँचथर, झापा–११ फुटबल क्लब, चित्लाङ एफसी काठमाडौँ, सातदोबाटो युथ क्लब ललितपुर र आयोजकको भनेँ टुङ्गो लागिसकेको छ । अव दुई टिमको टुङगो साताभरीमा लाग्ने आयोजकले जानकारी दिए ।
गत वर्षको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । यसवर्ष पुरस्कार राशि बढाउने बिषयमा छलफल भइरहेको आयोजकले वताएका छन् । प्रतियोगिता सञ्चालनका लागि ९९ सय लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । लाखेजात्रा पर्वको अवसरमा कञ्चनङ्घा, पाथीभरा लगायतका विभिन्न नामबाट २०२९ सालदेखि प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!