०३ साउन २०८३, सोमबार

ताप्लेजुङ गोल्ड कप भदौ १२ देखि १९ गतेसम्म

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, साउन ०२, २०८३

साउन ३, २०८३
ताप्लेजुङ – चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता भाद्र १२ देखि १९ गतेसम्म हुने भएको छ । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकले बताएका छन् ।
प्रतियोगिताको तयारी सुरु भइसकेको सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । मादेनका अनुसार सहभागी दुई टिमको टुङगो लाग्न बाँकी छ । अहिलेसम्म गतवर्षको विजेता सहलेश युवा क्लब सिराहा, फिदिम स्पोर्टीङ क्लब पाँचथर, झापा–११ फुटबल क्लब, चित्लाङ एफसी काठमाडौँ, सातदोबाटो युथ क्लब ललितपुर र आयोजकको भनेँ टुङ्गो लागिसकेको छ । अव दुई टिमको टुङगो साताभरीमा लाग्ने आयोजकले जानकारी दिए ।
गत वर्षको विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि ९९ सय लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । लाखेजात्रा पर्वको अवसरमा कञ्चनङ्घा, पाथीभरा लगायतका विभिन्न नामबाट २०२९ सालदेखि प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!