२७ आषाढ २०८३, आइतबार

श्रम सस्कृतिले भ्रष्टाचार बिरुद्ध कागज गर्नेलाई मात्रै स्थानीय र प्रदेशको टिकट दिने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आषाढ २७, २०८३

असार २८, २०८३
ताप्लेजुङ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले आगामी स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा भ्रष्टाचार गरे झुन्डिन तयार छु भनेर कागज गर्नेलाई मात्रै टिकट दिइने बाएका छन् । आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा कार्यकर्तालाई सम्बोधन गर्दै राईले स्थानीय र प्रदेशसभा सदस्यको उम्मेद्वार नामावली चाँडै सिफारिस गर्नपनि जिल्ला नेतृत्वलाई निर्देशन दिए ।
‘समयमा उम्मेद्वार लिस्ट प्राप्त होस, श्रममा विश्वास गर्नेलाई टिकट दिनेछौँ, साम्पाङले भने, ‘हामिले फस्ट मत ल्याउनु पर्छ । कमाउनकालागि, केही पाउनकालागि, जोड्नकालागि आएको ब्यक्तिलाई श्रमदाता भनिदैन । टिकट दिनुभन्दा पहिला हामी कागज गराउछौँ ।’ साम्पाङले गर्नुपर्ने कागजमा लेखिने भाषा सुनाउँदै भने, ‘भ्रष्टाचार जसले गर्छ उसलाई सडकको खम्बामा बँधेर जुत्ताको माला लगाइदिने भन्ने सर्तनामा हुन्छ । हाम्रो उम्मेद्वार त्यो सर्तनामाका दाहिने देब्रे थिचेर मलाई दिनुपर्ने हुन्छ । एक रुपैयाँमात्रै भ्रष्टाचार गरेछुभने मलाई सदरमुकाम फुङलिङमा मेन चोकमा बँधेर श्रमदाताहरु सबै मिलेर जुत्ताको माला लगाइदिनु । म मन्जुर छु भनेर सर्तनामामा सहीछाप गर्ने साहस भएको मान्छेले मात्रै टिकट लिन आउनु होला ।’
अरु दलमा पैसा लिएर टिकट दिन्छन् भन्ने सुनिने गरेको तर आफ्नो पार्टीमा पैसा तिर्नु नपर्ने उनले प्रष्ट्याए । उनले पार्टीमा गुटबन्दी गर्न नपाइनेपनि प्रष्ट पारे । तेस्ता व्यक्तिलाई तत्काल कारबाही गर्ने उनले चेतावनी दिए । ‘ हाम्रोमा कारबाही गर्नलाई बैठक बसिरहनु पर्दैन एक स्टाटसबाटै निकालिन्छ’ उनले भने । आफूले अरुसँग दाजिन नचाहेको उनले दावी गरे ।
सङ्घीय सरकारप्रति लक्षित गर्दै उनले गरिब, किसान, बेरोजगारकालागि सरकार नभएको उल्लेख गरे । ‘गरिबको विनस्तर उकास्न, सुशासन कायम गर्न, उत्पादन बढाउन र रोजगारी सृजना गर्न कति पैसा छुट्याइएको छ तपाईँहरूलाई थाहा छ,’ साम्पाङले भने, ‘मैले सरकारलाई खबरदारी गरिरहेको छु ।’ नेपालमा आफूलाई सबै मान्छे मिलेर गाली गरेपनि आफ्नो लाइन नछोड्ने दावी गरे ।
उनले ‘कर्म आफ्नो आफ्नो’ भन्ने कविता मार्फत सरकारप्रति व्यङ्ग गरे । गत प्रतिनिधिसभाका जसपाको तर्फबाट उम्मेद्धार वनेका अरुण लेछर्वो लगायत श्रम संस्कृति पार्टीमा प्रवेश गरेको श्रम संस्कृति पार्टीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!