आश्विन २८, २०८३
ताप्लेजुङ – गत असोज १८ गते सिरिजङ्गा गाउँपालिका ४ तेल्लोककी २३ वर्षीय गर्भवती महिला कमला मगर प्रसुती सेवाकालागि जिल्ला अस्पतालमा भर्ना भइन । यातायातको साधन प्रयोग गर्दा सदरमुकाम फुङलिङबाट कम्तिमा पाँच घण्टामा मात्रै पुगिने कमलाका परिवारले जिल्ला अस्पतालमा ल्याउने निर्णय गरेका थिए । यहाँबाट ताप्लेजुङ र पाँचथर अस्पताल समान समयमा पुग्नेभएपछि उनीहरूले ताप्लेजुङ अस्पताललाई रोजे ।
अस्पतालले प्रसुती गृहमा भर्ना गरेर आफ्नो निगरानीमा राख्यो । तर त्यही बेलुका १०ः३० वजे उनको स्वास्थ्यमा अचानक समस्या देखियो । बच्चाले आमाको पेटभित्रै दिशा गरेपछि र बच्चाको मुटुको धड्कनमा समेत समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नु परेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण थापा मगरका अनुसार मेडिकल टिमले उनको तत्काल शल्यक्रिया गरेर बच्चा निकालेपनि कमलाको शरीरबाट रक्तश्राव सुरु भयो ।
उनको शरीरबाट दुई लिटर बढी रगत बगेको थापा बताउँछन् । सामान्यतया मानिसको शरीरमा पाँच लिटर रगत हुनुपर्छ । थापाले यति धेरै रगत बगेको सम्भवतः यो अस्पतालमा पहिलो घटना हुनसक्ने पनि बताएका छन् । ब्लड बैंकपनि नभएकाले रगत दिने ब्यक्तिलाई तत्काल बोलाएर ल्याउनु पर्छ । लामाका अनुसार गर्भवती महिला अस्पतालमा भर्ना हुनासाथ रगतको परिक्षण गरेर रगत समूह मिल्ने कम्तिमा दुईजना तयारी अवस्थामा राख्न परिवारलाई भन्ने गरिएको छ । अस्पताललेपनि रगत समूह मिल्नेको सूची राख्ने गरेको छ । ‘हामिलाई परिवारका सदस्यले बिश्वास नगरेको भएपनि चुनौती नै हुने थियो,’ थापाले भने,‘’अन्तै लैजान्छौं भनिदिनु भयोभनें प्रकृया बढाउने की हेलिकप्टर खोज्नेमा मात्रै केन्द्रीत हुने भन्ने हुन्छ । रातको समय भएकाले बाहिर पठाउन पनि चुनौती थियो । उहाँहरुले हामि तपाइहरु प्रति आशाबादी छौं भन्नुभयो हामिले उपचारलाई निरन्तरता दिने र बाहिर लैजान हेलिकप्टर खोज्ने प्रयास गरिरह्यौं ।’
अस्पतालको राम्रो टिमवर्कका कारण सफल भएको थापाको दावी छ । यसले आफुहरुको मनोबलपनि बढेको र अस्पताल प्रति नागरिकको बिश्वास पनि बढाउन सफल भएको प्रमुख डाक्टर थापाले बताए ।
ब्लड बैङ्कपनि नभएकाले रगत दिने ब्यक्तिलाई तत्काल बोलाएर ल्याउनु पर्छ । लामाका अनुसार गर्भवती महिला अस्पतालमा भर्ना हुनासाथ रगतको परिक्षण गरेर रगत समूह मिल्ने कम्तिमा दुईजना तयारी अवस्थामा राख्न परिवारलाई भन्ने गरिएको छ । अस्पताललेपनि रगत समूह मिल्नेको सूची राख्ने गरेको छ । ‘हामीलाई परिवारका सदस्यले विश्वास नगरेको भएपनि चुनौती नै हुने थियो,’ थापाले भने,‘’अन्तै लैजान्छौ भनिदिनु भयोभनें प्रकृया बढाउने की हेलिकप्टर खोज्नमा मात्रै केन्द्रीत हुने भन्ने हुन्छ । रातको समय भएकाले बाहिर पठाउन पनि चुनौती थियो । उहाँहरूले हामी तपाईँहरू प्रति आशावादी छौँ भन्नुभयो हामिले उपचारलाई निरन्तरता दिने र बाहिर लैजान हेलिकप्टर खोज्ने प्रयास गरिरह्यो ।’
अस्पतालको राम्रो टिमवर्कका कारण सफल भएको थापाको दावी छ । यसले आफूहरूको मनोबलपनि बढेको र अस्पताल प्रति नागरिकको विश्वास बढाउन सफल भएको प्रमुख डाक्टर थापाले बताए ।
