०४ कार्तिक २०८२, मंगलबार

ताप्लेजुङमा चारै प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा, को कहाँ गए, को कहाँवाट आए ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, आश्विन २८, २०८२

आश्विन २९, २०८२

ताप्लेजुङ – जिल्ला प्रहरी कार्यालयका दुई सहित इलाका प्रहरी कार्यालय दोभान र तेल्लोकमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार छ सय ६५ जना प्रहरी निरीक्षकको एकै पटक सरुवा गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान विभागमा कार्यरत विवेक बस्नेतको छिमेकी जिल्ला तेह्रथुम सरुवा भएको छ । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुममा सरुवा भएको हो । यहाँ कार्यरत विशाल लिम्बूको प्रहरी प्रधान कार्यालय काठमाण्डौमा मानव श्रोत विभाग कर्मचारी प्रशासन शाखामा सरुवा भएको छ । बस्नेत कार्यरत जिम्मेवारीमा जटा शङ्कर यादव आउने भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाबाट आउने भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयको मानव श्रोत व्यवस्थापन शाखामा कार्यरत रोहित कुमार शर्मा वढईको विशेष सुरक्षा गण जनकपुर धनुषा अन्तर्गत रही इलाका प्रहरी कार्यालय गरुड बजार रौतहट सरुवा भएको छ । शर्माको ठाउँमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरबाट आशिष पोख्रेल आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा गरिएको छ । पण्डितले त्यहाँ मानव श्रोत व्यवस्थापनको जिम्मेवारी पाएका छन् । दोभानमा भनेँ जिल्ला प्रहरी कार्यालय मोरङबाट दीपक लिम्बू आएका छन् । दीपक मोरङमा शान्ति सुरक्षा तथा प्रहरी कार्यशाखामा कार्यरत रहेका थिए ।
इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत दुर्गा खनाललाई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको अपराध नियन्त्रण शाखामा पठाइएको छ । तेल्लोकमा मधेश प्रदेशको प्रहरी तालिम केन्द्र धनुषा जनकपुरबाट जितेश मेहता आउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा दुई सहित तेल्लोक र दोभान इलाकामा गरी ताप्लेजुङमा चारजना प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!