२७ आश्विन २०८३, बुधबार

ताप्लेजुङ गोल्डकपमा पहिलो पटक भुटानको टिम ल्याउने प्रयास

Logo
Taplejung Press बिहिबार, साउन १३, २०८३

साउन १४, २०८३
लाखे जात्रा पर्वको अवसरमा आयोजना हुने ताप्लेजुङ गोल्डकपको चौथो संस्करणमा पहिलो पटक भुटानको टीम ल्याउने प्रयास गरिएको छ ।
अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा यसअघिसम्म भारतको टीम मात्रै सहभागी हुँदै आएको थियो ।
‘भुटानको टिमलाई निमन्त्रणा गरेका छौँ र उहाँहरूसँग बजेटको विषयमा छलफल भइरहेको छ,’ उपाध्यक्ष डिल्ली गुरुङले भने, ‘उहाँहरूले छ लाख खर्च हुन्छ भन्नु भएको छ, हामिले कम बजेटको प्रस्ताव पठाएका छौँ । त्यसमा सहमति भए आउनु हुन्छ ।’
छ लाख खर्च गरेर भनें ल्याउन नसकिने मनस्थितिमा आयोजक छ । भुटानबाट भिसा लगाएर आउनुपर्ने भएकाले प्रकृया र खर्च अलि वढी हुने भएको हो ।
भुटानबाट पहिलो पटक आउने भएकाले ट्रफी लिएर फर्कने तयारीका साथ राम्रा खेलाडीको समूह आउने तयारी भएको उल्लेख छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066