२७ आश्विन २०८३, बुधबार

काँग्रेस क्षेत्र नम्बर २ (ख) को सभापति आङबुहाङ, शेर्पा र सिटौलाले छोडे

Logo
Taplejung Press सोमबार, आश्विन ११, २०८३

आश्विन १२, २०८३
ताप्लेजुङ नेपाली काँग्रेस क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय सभापति उदय आङबुहाङ बन्ने भएका छन् ।
आइतबार बेलुका भएको छलफलमा विश्वनाथ सिटौला र मात्रीका शेर्पाले आङबुहाङलाई समर्थन गरेको वर्तमान क्षेत्रीय सभापति खगेन सिं हाङगामले जानकारी दिएका छन् ।
हाङगामले भने, ‘अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरू पनि सहमतिबाटै टुङ्ग्याउने प्रयास र प्रयत्न गरेका छौँ ।’
जिल्ला सचिव युक हां बिर हाङगाम (डम्बर) ले अहिले सहमतिका साथ अगाडि बढ्नुपर्ने भएकाले सबै पदमा सहमति गर्ने गरीको प्रयास भइरहेको बताएका छन् ।
आङ्बुहाङले यसअघिको अधिवेशनमापनि सभापतिमै प्रतिष्पर्धा गरेका थिए । सभापतिका दुवै आकाङ्क्षी आठराई त्रिबेणी गाउँपालिकाका हुन् ।
आठराई त्रिबेणी गाउँपालिका सभापतिमा सोम बिमली सर्वसम्मत सभापति चयन भइसकेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066