साउन १८, २०८३
ताप्लेजुङ – २०१९ देखि ३८ सालसम्म करिव २० वर्ष तत्कालीन जिल्ला पञ्चायतमा बिताएका श्रीप्रसाद भण्डारीको ८९ वर्षको उमेरमा निधन भएको छ । सिरिजङ्गा ५ गाउँपालिका ५ पेदाङ जन्मस्थल भएका भण्डारी अहिले झापा बस्तै आएका थिए ।
२०२१ सालमा पेदाङको प्रधानपञ्च वाट राजनीति प्रारम्भ गरेका भण्डारी २४ वर्षको उमेरमा २०१९ सालमा जिल्ला पञ्चायत सदस्य बनेका थिए । २०२४ देखि २०३१ सालसम्म जिल्ला पञ्चायत उपसभापति भए ।
२०३१ सालमा तत्कालीन सभापति विष्णु मादेन राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भएपछि ३१ देखि २०३३ सालसम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए । पुराना राजनीतिज्ञका अनुसार त्यस समय अहिलेजस्तो उप निर्वाचन गर्ने प्रचलन थिएन । उपलाई कार्यवाहकको जिम्मेवारी दिने प्रचलन थियो ।
२०३४ देखि २०३८ सालसम्म जिल्ला सभापति भएका थिए । त्यसपछिका दुई निर्वाचन २०३८ र ४२ माभनें राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेद्वार बनेर पराजित भएका थिए । भण्डारीको परिवार झापामा बस्तै आएका छन् ।
