२८ आश्विन २०८३, बिहिबार

जेष्ठ २२ देखि सुकेटार विमानस्थल ठप्प, ‘ताप्लेजुङ-काठमाण्डौं, सेड्युल छ उडान छैन’

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन १३, २०८३

साउन १३, २०८३
ताप्लेजुङ – सुकेटार विमानस्थलमा जेष्ठ २२ गतेदेखि हवाई उडान हुन सकेको छैन । नेपाल वायु सेवा निगमले सातामा तीन दिन सोमबार, वुधवार र सुक्रबारकालागि नियमित उडान तालिका राखेको छ ।
‘हाम्रो अन्तिम फ्लाइट जेष्ठ २२ मा भएको थियो,’ निगमका स्टेशन इन्चार्ज नारायण कार्कीले भने, ‘त्यसपछि कहिले मौषमले साथ दिएन कहिले यात्रु भएनन् त्यसैले उडान हुन सकेको छैन ।’
साउन १५ गते सुक्रबार उडान गर्ने तयारी रहेपनि यात्रु नभएको उनले वताए । ‘लामो समय भएकाले थेरै मात्रै यात्रु भएपनि सुक्रबार उडान गर्ने तयारी त छ तर, ताप्लेजुङबाट तीन जना यात्रु भएपनि काठमाण्डौंबाट एकजना पनि छैनन’ कार्कीले भने । काठमाण्डौंबाट कम्तिमा पाँच सात जना र ताप्लेजुवाट त्यत्तिनै सङख्या भए उडान गर्न सकिने निगमले जनाएको छ ।
बालवालिका समेतगरी काठमाण्डौंबाट १३ र ताप्लेजुङबाट १५ जनासम्म यात्रु निगमको जहाजले उडाउँदै आएको छ । पछिल्लो समय भाडादर महङगो भएकालेपनि यात्रुको रुची कम देखिएको छ । अहिले काठमाण्डौंबाट ११ हजार ८ सय ५ र ताप्लेजुङबाट ११ हजार ६ सय ५ रुपैंया भाडादर रहेको छ । नेपालमा इन्धनको मूल्य वढ्नु अघिसम्म ९ हजार ४ सय रहेको थियो । इन्धनको मूल्य वढेपछि १२ हजार ५ सयसम्म पुगेको थियो । अहिले मूल्य समायोजनपछिको भाडादर रहेको छ ।
ट्विनेटर जहाजमात्रै चल्ने सुकेटार बाट ५५ मिनेटमा काठमाण्डौं पुग्ने समयावधि रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066