०४ कार्तिक २०८२, मंगलबार

खराव मौषमको सुचनाले हिमाल आरोहणमा गएका विदेसीहरु होटलमा फर्किए

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन १६, २०८२

आश्विन १७, २०८२
ताप्लेजुङ – खराव मौषमको सूचना पाएपछि हिमाल आरोहणका लागि पुगेका विदेसी नागरिकहरु सुरक्षित स्थानमा फर्किएका छन् । ७ हजार ७ सय १० मिटर उचाईको जान्नुइन हिमाल आरोहणका लागि गएका दुईजना विदेसी मौषम सुधार नभएसम्मका लागि भन्दै आफ्नो होटलमा फर्किएको घुन्साका पर्यटन तथा होटल व्यवसायि छिरिङ शेर्पाले जानकारी दिए ।
उनिहरु खम्बाछेनदेखि एक क्याम्प तल रहेको घुन्साको जोङगा होटल फर्किएका हुन् । यसवर्ष फ्रान्सका नागरिक बेन्जामिन र निकोलस हिमाल आरोहणका लागि आएका छन् । उनिहरुले गतवर्ष पनि यही हिमाल आरोहणको प्रयास गरेका थिए । सफल नभएपछि फर्किएका उनिहरु यसवर्ष पनि पुन प्रयाशमा आएका हुन् ।
मौषम विद् तथा विपत व्यवस्थापन समितिको सूचना अनुसार उनिहरु हिमाल नजिकमा केहीदिनको तयारी गरेर होटलमा फर्किएको छिरिङले वताए ।
मौषममा सुधार आएपछि प्रयाशलाई गती दिने सन्देश आफुलाई दिएको छिरिङ वताउँछन् । कञ्चनजंघा आधार शिविर क्षेत्रको मौषमभनें अहिले सामान्य रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!