०४ कार्तिक २०८२, मंगलबार

दसैँको नौरथा सुरु भएपछि शनिबार पाथीभरामा सबैभन्दा धेरै तीर्थयात्री

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १०, २०८२

११ आश्विन २०८२
ताप्लेजुङ – दसैँको नौ रथ सुरु भएपछि  शनिबार पाथीभरामा सबैभन्दा वढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दुई हजार दुई सय २६ जनाले दर्शन गरेका हुन् ।
दसैँको पहिलो घटस्थापनाको दिन सोमबार पाँच सय ५९ जना पुगेका थिए । मङ्गलबार एक हजार एक सय ४४, बुधबार चार सय ६५, बिहीबार सात सय आठ, शुक्रबार एक हजार दुई सय ६७ जनाले दर्शन गरेको क्षेत्र विकास समितिका सञ्चार अधिकृत सन्तोष पुर्कोटीले जानकारी दिए ।
पाथीभरामा असोज, कार्तिक, मंसिर र फागुन, चैत बैशाखमा सबैभन्दा वढी तीर्थयात्री पुग्ने गरेका छन् । माथिल्लो फेदी होटल व्यवसायिका अनुसार दसैँपछिबाट तीर्थयात्रीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । तीन हजार सात सय ९४ मिटर उचाइँमा रहेको पाथीभरामा काफ्‌लेपाटी देखि पाँच किलोमिटर हिँडेर जानु पर्छ । जाँदा र फर्कँदा १० किलोमिटर पैदल हिँड्नु पर्छ ।
सुकेटार विमानस्थल देखि काफ्‌लेपाटी सम्म १२ किलोमिटर कच्ची सडक छ । सदरमुकाम फुङलिङ हुँदै सुकेटार सम्म भनेँ पक्की सडक छ । पाथीभरामा तराईका जिल्लाबाट अधिक तीर्थयात्री आउने गरेका छन् । आएर फर्कन कम्तिमा दुई देखि तीनदिन लाग्ने भएकाले दसैँको सप्तमी अर्थात फूलपाती देखि एकादशीको दिनसम्म भनेँ तीर्थयात्रीको सङ्ख्या कम हुने पाथीभराका पुजारी डिल्ली आचार्य बताउँछन्‌ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!