१९ भाद्र २०८२, शुक्रबार

ताप्लेजुङ गोल्डकपको फाइनल प्रवेशकालागि आज सलहेस र रेडस्टार खेल्दै 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, साउन २९, २०८२

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज मधेश प्रदेशको सलहेस युवा क्वल सिरहा र झापाको रेडस्टार फुटबल क्लब आमनेसामने हुदैछन् । अब्बल खेलाडीका साथ मैदान उत्रने यी दुई टिम बिचको प्रतिष्पर्धा कस्तो होला आम चासो छ । किनकी बर्सौँ पछि हिजोदेखि भानुजन माविको मैदान हिलाम्मे भएको छ ।

एक दशक यताका वर्षहरूमा र यस वर्षपनि क्वाटर फाइनल समीकरण सम्म वर्षाले साथ दिएको थियो । यस वर्षभने हिजो खेल अबधीभरीनै भएको वर्षाले खेलाडीहरूले आफ्नो कुशल प्रस्तुती देखाउन पाएनन् । आजपनि विहानैदेखि वर्षा भइरहेको छ । सिरहा पाँचथरको फिदिमलाई ६–० र झापा पोखराको सहारा क्लबलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।आजको विजेताले चर्चब्वाइजसँग शनिबार फाइनल खेल्नु पर्नेछ । खेल दिउसो ३ वजेदेखि हुने आयोजकले वताएका छन् ।

हिजो , सुमन श्रेष्ठले अतिरिक्त समयमा बनाएको बराबरी र पेनल्टी सुटआउटमा गोल किपर विश्वास चौधरीले रोकेको प्रहारका कारण चर्चब्वाइज ललितपुर ताप्लेजुङ गोल्डकप तेश्रो संस्करणको फाइनलमा पुगेको छ । ट्राइब्रेकरमा द योङ ब्रदर्स क्लब इटहरी सुनसरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्चब्वाइज ललितपुर फाइनल प्रवेश गरेको हो । चर्चब्वाइजका गोल किपर चौधरीले द योङ ब्रदर्शका विशाल तामाङ र निरज फुँयालले हानेको गोल रोकेका थिएभनें युगन राइले हानेको प्रहार पोलमा ठोकिएर बाहिरिएको थियो । ट्राइ ब्रेकरमा इटहरीका निरोज खड्का मात्रै गोल गर्न सफल भए ।

ट्राइब्रेकरमा चर्चब्वाइजका सुमन श्रेष्ठ, रोसन पहाडी र युवराज ढकालले गोल गरे । नवयुव श्रेष्ठले हानेको गोलभने पोलमा ठोकिएर बाहिरिएको थियो । लगातारको वर्षाका बिच भएको खेलको ७७ औं मिनेटमा चर्चब्वाइजका खेलाडीको खुट्टामा ठोकिएर गोल भएको थियो । इटहरीले यो उपहार स्वरुप पायो । इटहरीका कप्तान प्रबेश बस्नेतले सेन्टरवाट हानेको कर्नर किक गोल किपरको हातमा लागेर झरेको थियो । एम्पायर श्याम श्रेष्ठले तत्कालै गोलको सिटी फुकेपनि कसरी गोल भयो भन्ने निष्कर्ष आयोजकले खेल सकिएपछि मात्रै सुनाएका थिए । दुवै पक्षका खेलाडी झुम्मिएकाले निर्णय निकाल्न समय लागेको हो ।

हिले मैदानको खेलमा दबाबमा परेको चर्चब्वाइजका सुमन श्रेष्ठले अतिरिक्त समयको ९३ औं मिनेटमा गोल गरे र आफ्नो टिमलाई खेलमा फर्काए । पेनल्टी समेत गरी दुई गोल गरेका सुमन बुधबारको म्यान अफ दी म्याच भए र सात हजार रुपैंया प्राप्त गरे । फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले पुरस्कार दिइन । फाइनल खेल साउन ३१ गते हुनेछ । बिजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पाउने छनभने सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले वताएका छन् ।

सेमिफाइनल देखि टिकटदर दोब्बर बनाइएको छ । क्वाटर फाइनल सम्म एक सय रहेकोमा सेमिफाइनल देखि दुई सय रुपैंया बनाइएको छ । प्रतियोगितामा आठ टिमको सहभागीता रहेको छ । यता प्रतियोगितामा पराजित टिमहरु धमाधम फर्कन थालेका छन् । पोखरा, भारत, पाचथर फिदिमको टोलि फर्किएका छन्भने आयोजक ताप्लेजुङले ल्याएका वाहिरका खेलाडिपनि फर्किएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!