२२ भाद्र २०८२, सोमबार

सिरिजंगा गोल्डकप मंसिर २३ देखि

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, कार्तिक २४, २०८१

ताप्लेजुङ — अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजंगा गोल्डकप फुटबल प्रतियोगिता आगामी मंसिर २३ गतेदेखि हुने भएको छ ।

सिरिजंगा गाउँपालिकाको खेलमैदानमा तेल्लोक स्पोर्टिङ क्लबले गर्ने प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा पारिजात संघ फुटबल क्लब सिलिगुडी भारत, ब्रदरहुड फुटबल क्लब बेलका उदयपुर, न्यु स्टार फुटबल क्लब झापा, मरिक फुटबल क्लब धरान सुनसरी, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, साँगुरीगढी फुटबल क्लब धनकुटा, वाइवाई पाँचथर फुटबल क्लब र तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ सहभागी हुनेछन् । खेलको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विधागत पुरस्कारतर्फ प्रत्येक खेलमा एक जनालाई २ हजार रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई ४ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार यो प्रतियोगिता २०७८ सालबाट हुँदै आएको छ । तेअङ्सी सिरिजंगा स्मृति संस्था गोल्डकपको मुख्य संरक्षक रहेको छ । प्रतियोगिता सञ्चालनमा करिब ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!