२१ भाद्र २०८२, आइतबार

नेपाल एभरेस्ट कार्डमम् विदेशमा अलैँचीका उत्पादन बेच्ने पहिलो कम्पनी

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, कार्तिक ०३, २०८१

बिर्तामोड, झापा बिर्तामोडको एक अलैँची उद्योगले संयुक्त अरब इमिरेट्सको दुबईमा शाखा कार्यालय विस्तार गरेको छ ।

बिर्तामोडमा रहेको नेपाल एभरेस्ट कार्डमम् प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिले दुबईमा शाखा कार्यालय स्थापना गरेर अलैँचीका उत्पादनको बिक्री सुरु गरेको हो ।

उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीका अनुसार अलैँचीका उत्पादनहरु तेल, पाउडर, मसला तथा क्याप्सुलको ‘एभरेस्ट सान’ को ब्रान्डका रुपमा दुबईमा बिक्री सुरु गरिएको हो ।

नेपाली उद्योगले पहिलोपटक विदेशमा आफ्नै कार्यालय स्थापना गरेर आफैँले उत्पादन गरेर नेपाली अलैँचीलाई विश्वबजारमा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष बिमलीले  जानकारी दिए ।

उद्योगले वार्षिक तीन कन्टेनर उत्पादन दुबई कार्यालयमार्फत बिक्री गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले बताए ।

तिहारपछि अमेरिकासहित क्यानडा, अस्ट्रेलिया र युरोपेली मुलुकमा आफ्ना उत्पादन बिक्रीको तयारी गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!