०४ कार्तिक २०८२, मंगलबार

सिरिजंगा गोल्डकप मंसिर २३ देखि

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आश्विन १०, २०८२

ताप्लेजुङ — जिल्लाबाट सञ्चालित दोस्रो ठूलो प्रतियोगिताको रुपमा रहेको सिरिजङ्गा गोल्डकपको पाँचौं संस्करण मंसिर २३ देखि हुने भएको छ ।

सदरमुकाम फुङलिङदेखि तीन घण्टाको दूरीमा रहेको सिरिजङगा गाउँपालिकाको केन्द्र तेल्लोकमा यो प्रतियोगिता हुँदै आएको छ ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार २३ गते सुरु गरेर २९ गते समापन गर्ने गरीको तयारी रहेको छ । यसमा भारत र नेपालका नाम चलेका क्लबलाई निमन्त्रणा गर्ने तयारी आयोजकको छ ।

राष्ट्रिय र अन्तराष्ट्रिय सहित ८ टिमको सहभागिता रहने आयोजकले बताएका छन् ।

किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’ तथा सिरिजङ्गा गोल्डकप हुादै आएको छ । गतवर्षको प्रतियोगिताको फायल फोटो पनि छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!