२१ भाद्र २०८२, आइतबार

फुङलिङ नगरपालिकाका सव इन्जिनियर पक्राउ प्रकरण

अख्तियारले फुङलिङ नगरपालिका उप प्रमुख, वडाध्यक्ष सहित पाच जनासँग वयान लियो

Logo
ताप्लेजुङ प्रेश सोमबार, आषाढ ३१, २०८१

ताप्लेजुङ –  सेवाग्राही सग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा फुङलिङ नगरपालिकाका सव इन्जिनियर अख्तर हुसेन पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका पाच जनासँग बयान लिएको छ । अख्तियारको टोलीले नगरपालिका उपप्रमुख भिमादेवी ओझा, वाड्नं ४ का वडाध्यक्ष दुर्गा पालुङवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय नारायण खनाल, लेखा अधिकृत दिनेश भण्डारी र सव ओभरसियर हेमराज बिष्टसँग बयान लिएको हो ।

ओझा र पालुङवाले भने काठमाण्डौमा कार्यालयमै गएर बयान दिएका छन । ‘म झापामा थिए, अख्तियारको टोली ताप्लेजुङ पुगेको रहेछ,’ ओझाले भनिन्, ‘काठमाडौं आउनुपर्ने काम भएकाले यतै आएर बयान दिए ।’ अनुगमन समितिको संयोजकको नाताले उपप्रमुख, पक्राउ परेको वडाको नाताले वडाध्यक्ष, कार्यालय प्रमुखको नाताले प्रशासकीय अधिकृत, भुक्तानी दिने निकाय लेखा प्रमुखको नाताले लेखा अधिकृत र कार्य भइरहेको वडा प्राविधिकको नाताले सह प्राविधिकसँग बयान लिएको उल्लेख छ ।

मुद्धा लाई बलियो बनाएर अदालतमा पेश गर्नु अघि अख्तियारले बयान लिएको हो । बयानका लागि टोली जिल्लामै आएको थियो । वडाध्यक्ष पालुङवा काठमाडौंमा भएकाले उपप्रमुख र वडाध्यक्षले केन्द्रमै गएर बयान दिएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!