१९ भाद्र २०८२, शुक्रबार

गुरुङको संयोजकत्वमा सर्वोत्कृष्ट खेलाडी छनौट समिति 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, साउन २९, २०८२

ताप्लेजुङ – पहिलो पटक मोटरसाइकल दिन लागिएको ताप्लेजुङ गोल्डकपको सर्वोत्कृष्ट खेलाडी छनौटका लागि समिति बनाइएको छ । 

निवर्तमान अध्यक्ष देवराज गुरुङको संयोजकत्वमा छ सदस्यीय समिति बनाइएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।

 मादेनका अनुसार सदस्यमा  खेल संयोजक अशोक थेवे, म्याच कमिस्नर सन्तोष गुरुङ, कोशी प्रदेश फुटबल सङ्घ सदस्य लक्ष्मी काफ्ले र पूर्व खेलाडी मनोज गुरुङ रहेका छन् । उनीहरूले गरेको निर्णय अनुसार आयोजकले सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने छन् ।

 छनौट समितिले फुटबलको नियमको परिधिमा रहेर मापदण्ड बनाउने र त्यही मापदण्डका आधारमा सिफारिस गर्ने समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!