२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटर फाइनलमा गतवर्षकै प्रतिस्पर्धी सलहेस सिरहा र पाँचथर फिदिम खेल्ने, बदला लिन सक्ला पाँचथरले ?  

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, साउन २७, २०८२
गतवर्ष पाँचथर र सिरहाका प्रतिष्पर्धि

ताप्लेजुङ — तेश्रो ताप्लेजुङ गोल्डकपको अन्तिम क्वाटर फाइनलमा मङ्गलबार (आज) गतवर्षको उपविजेता तथा गतवर्षकै क्वाटर फाइनलका प्रतिस्पर्धी सलहेस युवा क्लब सिरहा र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच हुदैछ । गतवर्ष भाद्र ४ गतेको क्वाटर फाइनल खेलपनि पाँचथर र सिरहाबीच नै भएको थियो । पाँचथरबाट गतवर्ष पाँचथर फुटबल क्लब सहभागी थियोभने यसवर्ष फिदिम स्पोर्टिङ क्लब सहभागी हुँदैछ ।
गतवर्ष १–० को हारजित भएको थियो । जय गुरुङले खेलको ४१ औं मिनेटमा गरेको गोलले सलहेसलाई सेमिफाइनलमा पुर्याएको थियो र पाँचथरलाई घर फर्काएको थियो । सलहेस फाइनलसम्म पुगेको थियो । फाइनलमा सगरमाथा युथ क्लब मोरङसँग १–० ले पराजित भयो । आयोजकले गतवर्षका सहभागी मध्ये यस वर्ष सलहेस र पाँचथरलाई मात्रै खेलमा सहभागी गराएको छ । अरु सबै नयाँ टिम छन् ।
ताप्लेजुङको छिमेकी जिल्ला पाँचथर सलहेससँग गतवर्षको बदला लिने दाउमा छभने सलहेस यसवर्ष उपाधि जितेर फर्कने तयारीमा छ । खेल दिउसो ३ बजेबाट सुरु हुने आयोजकले बताएका छन् । आयोजकले हरेकदिन ३ बजेबाट सुरु हुने जनाएपनि अहिलेसम्म ठिक समयमा भने सुरु भएको छैन । आजको विजेताले फाइनल प्रबेशका लागि पर्सि बिहीबार रेडस्टार क्लब झापासँग खेल्नुपर्ने छ । रेडस्टार पोखराको सहारा क्लबलाई हराएर सेमिफाइनलमा पुगेको हो ।
हिजोको खेलमा भारतीय पाहुना टोली लिजेन्ड फुटबल एकेडेमी सिलिगुडीलाई हराएर ललितपुरको चर्च ब्वाइज क्लब सेमिफाइनलमा पुगेको छ । चर्च ब्वाइजले लिजेन्डलाई १–० गोलले ले पराजित गरेको थियो । चर्च ब्वाइजको तर्फबाट पहिलो हाफको दसौँ मिनेटमा मनिषकुमार जर्घाले गरेको गोल नै निर्णयक बन्यो । दायाँ भागबाट रोशन पहाडीले दिएको पास मनिषले गोल गरेका थिए । लिजेन्डका डिफेन्डर प्रितम बेबी ४२ औं मिनेटमा दोहोरो पहेँलोसँगै रातो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो ।
प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोलरक्षक विश्वास चौधरी भए । उनले ७ हजार रुपैयाँ प्राप्त गरे । चर्च ब्वाइजले फाइनल पुग्नका लागि भोलि द योङ ब्रदर्स क्लब इटहरी सुनसरीसँग खेल्नुपर्नेछ । चर्चब्वाइज गतवर्ष पाँचथर गोल्डकपको विजेतापनि हो । उपाधि विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बाइक पुरस्कार पाउने छन् । फाइनल खेल साउन ३१ हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!