२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङ गोल्डकप ः उद्‌घाटन खेलमा उठ्यो अघिल्लो वर्षको भन्दा एक लाख १० हजार वढी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, साउन २५, २०८२

ताप्लेजुङ – ताप्लेजुङ गोल्डकपको उद्घाटनको दिन टिकट बिक्रीबाट अघिल्लो वर्षको तुलनामा एक लाख १० हजार रुपैयाँ वढी सङ्कलन भएको छ । शनिबार तीन हजार एक सय ४० वटा टिकट बिक्री भएको टिकट बिक्रीको ठेक्का लिएका विशाल लंवाले जानकारी दिए ।

प्रतिगोटा एक सय रुपैयाँ रहेको टिकट बिक्रीबाट तीन लाख १४ हजार रुपैयाँ सङ्कलन भएको छ । गतवर्ष उद्घाटनको दिन दुई लाख २० हजारको टिकट बिक्री भएको थियो । गतवर्ष आयोजक आफैँले टिकट बिक्री गरेका थिएभनें यसवर्ष २० लाख एक हजारमा ठेक्का लगाइएको छ ।

टिकटदर भने क्वाटर फाइनल चरणको चार खेलकालागि एक सय रुपैयाँ रहेको छ । सेमिफाइनलमा दुई सय र फाइनलकालागि दुई सय ५० रुपैयाँ रहेको छ । गतवर्ष पनि टिकटदर समान रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!