

ताप्लेजुङ – साउन २४ देखि ३१ गतेसम्म भानुजन माध्यमिक विद्यालयको मैदानमा हुने तेस्रो ताप्लेजुङ गोल्डकपका लागि फिफा रेफ्री श्याम दनुवारको नेतृत्वमा आठ सदस्यीय रेफ्री टोली तयार भएको छ ।
जिल्ला बाहिरबाट दनुवार सहित चारजना आएका छन्भनें चारजना ताप्लेजुङका रहेका छन् । लाखेजात्रा खेल सञ्चालन समितिका खेल संयोजक अशोक थेवेका अनुसार ताप्लेजुङबाट प्रतिनिधित्व गर्नेमा दिपेश आङबुहाङ, मौसम अङछङवो, विपुल दाहाल र युवराज बिष्ट रहेका छन् ।
जिल्ला बाहिरबाट दनुवार सहित सुमन घिमिरे, जितबहादुर धिमाल र तुफान चेम्जोङ रहेका छन् । क्वाटर फाइनल, सेमी फाइन र फाइनल खेल यिनै आठजनाको टोलीले खेलाउने छन् ।