१७ भाद्र २०८२, बुधबार

भदौ २८ र २९ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, साउन १९, २०८२

काठमाडौँ — कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित १२ कक्षाको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थी ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउने जनाएको छ । सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस पटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको अध्यक्ष महाश्रम शर्माले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!