१७ भाद्र २०८२, बुधबार

स्थानीय तहमा विद्यालय जिम्मेवारी गएपछि कक्षा १२ को नतिजामा सुधार : बोर्ड

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, साउन १९, २०८२

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि नतिजामा सुधार भएको बताएका छन् । सोमबार प्रकाशित कक्षा १२ को नतिजामा सुधार आउनुको प्रमुख कारणका रूपमा उनले स्थानीय तहले विद्यालय शिक्षाको जिम्मेवारी पाउनु भएको बताए ।

बोर्डका अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको अध्यक्ष शर्माले बताए ।

‘स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि, पठन संस्कृति सुधार भएको, प्रश्नपत्रको मापदण्डमा सुधार गरिएकाले पनि नतिजामा सुधार आएको हो,’ उनले भने ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!