२८ आषाढ २०८२, आइतबार

कोशी प्रदेश सरकारले सहयोग नगरेपछि कञ्चनजङ्घा महोत्सवमा ३१ लाख घाटा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, आषाढ २७, २०८२

ताप्लेजुङ – कोशी प्रदेश सरकारले  सहयोग नगरेपछि गत बैशाखमा सम्पन्न कञ्चनजङ्घा हीरक महोत्सव आयोजक समितिलाई ३१ लाख रुपैयाँ घाटा भएको छ । शनिवार पत्रकार सम्मेलन मार्फत खर्च विवरण सार्वजनिक गर्दै कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष एवं हीरक महोत्सव आयोजक समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले प्रदेश पर्यटन मन्त्रालयले ३० लाख दिने बचन दिएको तर नदिएको गुनासो गरे ।

फेम्बूले अपुग रकमका लागि दातृ संस्थालाई गुहार माङ्नुपर्ने अवस्था रहेको बताएफेम्बूका अनुसार महोत्सवमा एक करोड आठ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सङ्कलन भनेँ ७७ लाख ५० हजार मात्रै भएको बताएफेम्बूका अनुसार समुदाय परिचालन तथा सरसफाइमा ११ लाख २२ हजार, महोत्सव कार्यक्रम यातायात व्यवस्थापनमा १२ लाख ५० हजार, कदरपत्र वितरणमा छ लाख पाच हजार खर्च भएको छ । यस्तै खेलकुद कार्यक्रममा १३ लाख १५ हजार, सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनीमा १६ लाख ४१ हजार, महोत्सवको प्रचार प्रसारमा चार लाख ८९ हजार, फोटो प्रदर्शनीमा चार लाख २० हजार, प्रचार प्रसार सामग्रीमा पाँच लाख १३ हजार, स्थानीय तथा राष्ट्रिय सन्चार माध्यमको प्रयोगमा चार लाख ४४ हजार, अतिथि स्वागत सत्कारमा १३ लाख दुई हजार, कार्यक्रम स्थल तयारीमा १२ लाख ८५ हजार र कार्यक्रम स्थलमा न्यूनतम पूर्वाधार विस्तारमा चार लाख ५२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

आम्दानी तर्फ समृद्ध पहाड नेपालले २० लाख, इन्भेष्टमेण्ट बैङ्कले चार लाख, विश्व वन्य जन्तु कोष नेपालले पाँच लाख, राष्ट्रिय प्रकृति संरक्षण कोषले तीन लाख, रेडपान्डा नेटवर्कले एक लाख, क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले १० लाख, तमोर इनर्जी प्रालिले सात लाख र रिभर साइड हाइड्रो इनर्जीले तीन लाख सहयोग गरेका छन् । यस्तै स्नो रिभर्स लिमिटेडले पाँच लाख, हिलटन हाइड्रो इनर्जीले तीन लाख, रेमिट हाइड्रो लिमिटेडले पाँच लाख, नेपाल हाइड्रो भेन्चर प्रालिले पाँच लाख, युनियन हाइड्रो पावर लिमिटेडले दुई लाख सहयोग गरेका छन् । सिरिजङ्गा गाउँपालिकाले दुई लाख, पाथीभरा याङवरक गाउँपालिकाले एक लाख र फक्ताङलुङ गाउँपालिकाका वाड्नं ५ तापेथोक, ६ लेलेप र ७ ओलाङचुङगोलाले ५० हजारका दरले सहयोग गरेको फेम्बूले बताए

सदरमुकाम फुङलिङबाट पाँच घण्टाको दूरीमा रहेको लेलेपमा महोत्सव आयोजना गरिएको थियो । सदरमुकाम बाहिरको गाउँ कार्यक्रम हुँदा ढुवानी वढी हुने र यातायातका कारण धेरै खर्च भएको फेम्वूले बताएकञ्चनजङ्गा हिमाल आरोहणको ७० औं वर्षको अवसरमा आयोजित कार्यक्रम ताप्लेजुङको लेलेप, काठमाण्डु स्थित बेलायती दुतावास र बेलायतमा समेत गरिएको थियो । देश विदेशमा भएकाले कञ्चनजङ्घाको ब्यापक प्रचार भएको र यसले पर्यटन वृद्धिमा सहयोग पुर्याउने कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण क्षेत्रमा पहिलो ठुलो कार्यक्रम भएकोपनि फेम्बूले जानकारी दिए ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066