२१ मंसिर २०८२, आइतबार

८-४ मा भागबन्डा गर्दै सर्वसम्मत गराइयो ताप्लेजुङमा एमाले महाधिवेसन प्रतिनिधि

Logo
Taplejung Press शुक्रबार, मंसिर १२, २०८२

ताप्लेजुङ – संस्थापन पक्षलाई ८ र इतर समुहलाई ४ जना भागबन्डा गर्दै नेकपा एमाले ताप्लेजुङले ११ औं महाधिवेशनका १२ प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

संस्थापनबाट अनन्त बहादुर साँवा, धनेन्द्र मादेन, दिपेन्द्र पोमू, प्रकाश (कैलास) राई खुला तर्फबाट छानिएका छन्भनें महिलाबाट टीका देवी सुवेदी, रनमाया गुरूङ, मिना कुमारी केदेम र युवा बाट गोपाल न्यौपाने चयन भएका छन् । इतर समुह खुलाबाट छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावती, महिलाबाट प्रमिला घिमिरे तथा दलित बाट बुद्धिमान परियार छानिएका छन् । खुलाबाट ४-२, महिलाबाट ३-१ र युवा र दलितका १-१ जना बाँडिएका हुन् ।

पद बाँडफाँडका संस्थापन पक्षका जिल्ला इन्चार्ज तिलकुमार मेन्याङबो र इतर समुहबाट निवर्तमान अध्यक्ष बलबहादर साम्सोहाङले पटकपटक छलफल गरेका थिए । ६०-४० को दावी गर्दै आएको इतर समुहले १२ प्रतिनिधिमध्ये ७-५ कालागि अन्तिम दलिल गरेको थियो । तर, निर्वाचन मिति नजिकिँदा साम्सोहाङ ४ जनामा सहमत भएका हुन् ।

१२ पदकालागि सुरुमा ३९ जनाको उम्मेद्वारी परेको थियो । दावी विरोध र फिर्ताको समयपछि अन्तिम प्रतिष्पर्धाकालागि २६ जना पुगेका थिए । पार्टीले निलम्बन गरेकाले प्रतिनिधि चयन हुन नपाउने भन्दै निवर्तमान अध्यक्ष साम्सोहाङ र जिल्ला अधिवेशनमा सचिवका प्रत्यासी मणि शङ्कर पोमू विरुद्ध उजुरी परेको थियो । उजुरीपछि निर्वाचन समितिमाथी हातपात भएको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो । उजुरी गर्ने मध्येका मंगलसिं केदेम, आशिष केदेम र सन्तोष चाम्लिङ प्रतिनिधि चयन हुनबाट बञ्चित भएका छन्भनें उजुरी परेका साम्सोहाङ र पोमुपनि रोकिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!