२१ मंसिर २०८२, आइतबार

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा आज एमाले प्रवेश गर्दै 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस मंगलबार, मंसिर १६, २०८२

ताप्लेजुङ – नेकपा एसवाट जिल्ला समन्वय समिति प्रमुख भएका छिरिङ लामा नेकपा एमालेमा फर्कने भएका छन् । कुनै वाधा व्यवधान नआए मङ्गलबार दिउसो एमाले पार्टी कार्यालयमा प्रवेशको कार्यक्रम रहेको छ । उनलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो लगायतले पार्टीमा स्वागत गर्ने तयारी छ ।
लामासँग प्रवेश गर्ने अन्यको नामभनें सुचीमा छैन । नेकपा एसवाट जिल्ला समन्वय समिति प्रमुख भएका लामा एस, नेकपा माओवादी समेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्कन लागेका हुन् ।
को को जाँदैहुनुहुन्छ भन्ने प्रश्नमा छिरिङले भने, ‘म हल्लाखल्लमा विश्वास गर्दिन । साथीहरूसँग एक चरण कुराकानी भयो । सबैको आ–आफ्नो इच्छा हो । मैले चाँहि डिसिजन गरेँ ।’
नेकपा एसका जिल्ला अध्यक्ष दुर्गाहाङ श्रेङचोङवाङ, केन्द्रीय सदस्यहरू खेम वनेम, निता सिवा लगायत एकता प्रकृयामा सहभागी भइसकेका छन् । उनीहरू विराटनगरमा भएको एकतासभामापनि सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!