

ताप्लेजुङ – फुङलिङ नगरपालिकाले यस आर्थिक वर्षमा चालु तर्फ ८६.२ प्रतिशत खर्चगर्दा पुँजीगत तर्फभने ५९.०८ प्रतिशत खर्च गरेको छ । चालुमा १४ प्रतिशत रकम खर्च नहुँदा पुँजीगतबाट ४० प्रतिशत कम भएको हो । लेखा अधिकृत दिनेश भण्डारीका अनुसार जम्मा ७७.४४ प्रतिशत खर्च कार्यान्वयन भएको छ ।
यस आर्थिक वर्षमा पुँजीगत तर्फको खर्च कम हुनुमा खुला मैदानका लागि छुट्याइएको साढे तीन करोड रुपैयाँ कार्यान्वयन नहुनु र ठेक्काको कामपनि पूर्ण नहुनु मुख्य कारण रहेको उनले बताए । लेखा अधिकृत भट्टराईले भने, ‘खेलमैदानका लागि छुट्याइएको रकम कार्यान्वयन भएन र ठेक्का लागेका कामहरुपनि हुन सकेनन्य, सले पुँजीगत तर्फको प्रगति कम देखियो ।’
नगरपालिकाले खुलाएको ठेक्का कम पैसामा लाग्ने र बाँकी रहेको रकम खर्च गर्ने समय सुविधा नहुँदा पुँजीगत तर्फको प्रगति कम देखिने गरेको उनले बताए । भण्डारीले भने, ‘सबैजसो पालिकामा पुँजीगत खर्च कम हुन्छ ।’ नगरपालिकाले यस आर्थिक वर्षका लागि ६६ करोड ७६ लाख ७३ हजारको बजेट सार्वजनिक गरेको थियो । जसमा चालुतर्फ ४६ करोड ८ लाख ८२ हजार र पुँजीगत तर्फ २० करोड ६७ लाख ९१ हजार रहेको थियो ।
खुला मैदानकालागि छुट्याएर खर्च नभएको रकम नगरपालिकाले आगामी आर्थिक वर्षमा खर्च गर्नेगरी राखेको छ । आर्थिक बर्स २०८१/८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको भुक्तानी २५ गते राती १२ बजेदेखि सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले बताएका छन् । आगामी आर्थिक वर्षकालागि बजेट बिनियोजन तथा स्वीकृत भइसकेकाले उचित राय, सुझाव, सल्लाह दिएर सहयोग गर्नपनि अनुरोध गरेका छन् ।