

काङ्ग्रेसको विधान अनुसार चार वर्षमा महाधिवेशन हुने अवस्था देखिएन
अहिले ल्याएको बजेट सच्याउनु पर्छ
अफताबको विषय अदालत र गृह मन्त्रीको विषय संसद्को हो यसमा म बोल्दिनँ झोला बोकेर विकास खोज्न राजधानी धाउने विषयको अन्त्य हुनुपर्छ
१० महिनादेखि काङ्ग्रेसको केन्द्रीय समिति बैठक बसेन
पदाधिकारीले निर्णय गछर्न तर विधानले केन्द्रीय समितिको निर्णय मात्रै जान्दछ महामन्त्रीले जिम्मेवारी अनुसारको काम गर्न सकेनन्
अबको अधिवेशनमा म महामन्त्रीको दाबेदार हो
ताप्लेजुङ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष एवं शिक्षा विभागको जिम्मेवारीमा रहेका नेपाली काङ्ग्रेसका नेता नैनसिंह महरले शेरबहादुर देउवाको जिल्लाको उत्तराधिकारी आफैं भएपनि राजनीतिक उत्तराधिकारीको टुङ्गो लागि नसकेको बताएका छन् । पार्टी प्रवेश एवं आमसभालाई सम्बोधन गर्न पूर्वको ताप्लेजुङ आएका महरले शनिबार बिहान पत्रकार सम्मेलनमा बेल्दै यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘जिल्लाको हकमा चाही शेरबहादुर दाइको उत्तराधिकारी मै हो । १० दिन अगाडि भेटभएको थियो, लामो कुराकानी पनि भयो राजनीतिक उत्तराधिकारी चाहिँ भन्नु भएन, पख..पख…एक दुईदिन मात्रै भन्नुभयो ।’ दुई ठूला दल काङ्ग्रेस र एमालेबाट बनेको सरकारको भूमिका जनताको अपेक्षा अनुसार स्थापित हुन नसकेको महरको दाबी छ । ‘सत्ता गठबन्धन दगुरेन, धिमा भयो । सातबुँदेको सहमति गरेका थुप्रै विषयमा बामे सर्न सकेन, काङ््रेग्रेस सत्ता गठबन्धनमै हरायो । हाम्रो ओजपनि कमजोर भयो भन्ने लागेको छ’ महरले भने । सत्ता गठबन्धनको स्पिरिट अनुसार बजेट नआएकोपनि उनले दावी गरे । ‘नेपाली काङ्ग्रेसको घोषणा पत्र र हिजो चुनावताका नेपाली काङ्ग्रेसले जिल्ला र स्थानीय लेबलमा गरेको प्रतिवद्धता अनुसारको तदारुकता देखाउने खालको बजेट आएको छैन,’ महरले भने, यस बारेमा संसद्मा फेरी बजेटलाई केही संसोधन गरेर जनताका मुद्दा सम्बोधन हुने गरिको ल्याउनु पर्छ ।’
शिक्षामा सबै पोलिटिकल पार्टीहरूले २० प्रतिशत बजेट विनियोजन गर्नु पर्छ भन्ने धारणा राखको भएपनि ११ प्रतिशतपनि नआएको उनको गुनासो छ । अहिलेको आवश्यकता अनुसार पड्दै कमाउदैको अवधारणा हुनुपर्ने त्यो नभएको उनले बताए । ‘अब संसद्मा बजेटको बहस हुन्छ । त्यसमा संसोधन हुनुपर्छ भन्ने मेरो धारणा हो’ उनले भने । झोलामा योजना लिएर राजधानी धाउनु पर्ने प्रथा अन्त्य नभएकोमा उनको गुनासो छ ।
अफताब आलमलाई अदालतले दिएको सफाइ र गृहमन्त्रीको राजीनामाको विषयमा उनले बोल्न चाहेनन् । ‘अफताब आलम अदालतको आदेश वा फैसला अनुसार छुट्नु भएको छ । अदालतले गरेको कुरालाई हामिले हामिभन्दा माथि राखेर उसले गरेको निर्णय मान्छौं भन्ने छ । म कानुनको विद्यार्थीपनि भएको नाताले अदालतको निर्णयप्रति टिप्पणी गर्दिन’ महरले भने । गृहमन्त्रीको राजीनामा संसद्को विषय भएकोले आफ्नो टिप्प्णी नरहेको उनले बताए ।
काङ्ग्रेस महामन्त्री गगन थापा र विश्वप्रकास शर्माको नाम नलिइकनै उनिहरुको कामप्रति असन्तुष्टि जनाए । ‘नेपाली काङ्ग्रेसको बिधानले पदाधिकारीको बैठकको निर्णय चिन्दैन । केन्द्रीय समितिको बैठकलाई मात्रै जान्दछ । तर केन्द्रीय समितिको बैठक १० महिनादेखि बसेको छैन यो कसको कमजोरी हो ’ उनले भने । मात्रिका प्रसाद कोइरालादेखि अहिलेसम्मका सरकारहरु बहुमत नभएर ढलेका नभइ आफ्नै पार्टी भित्र फरक मत, फरक विचार राख्नेलाई सगसगै लैजान नसक्ने प्रबृत्तिका कारण ढलेको स्मरण गर्दै पार्टीले कार्यशैलिमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘आफ्नो पार्टीको फरक मतलाई सम्मान सम्बोधन नगर्ने, समाजमा आएको जनताको चेतनालाई बेवास्ता गर्ने होभने सरकार टिक्दैनन,’ उनले थपे, ‘आफुमा कुनै सुधार नगर्ने, आफ्नो कार्यशैलिमा सुधार नगर्ने अनी निर्जिव कागजलाई दोस दिएर उम्कन खोज्ने प्रबृत्ति गलत छ ।’ उनले संविधान संसोधन आवष्यक नरहेको प्रष्ट्याए ।
काग्रेसमा सबभन्दा ठुलो समस्या पार्टी पदाधिकारीमा रहेको उनले बताए । उनले आगामि महाधिबेशनमा आफु महामन्त्रीको स्वभावीक उम्मेद्वार रहेको प्रष्ट पारे । सेखर कोइरालाकै प्यानलबाट उम्मेद्वार बन्ने भन्नेचाही प्रश्ट नभएको बताए । कांग्रेस महामन्त्रीद्वय थापा र शर्माका अहिलेसम्मको कार्यप्रगति कार्यकर्ताको अपेक्षा अनुरुप नरहेको दावी गर्दै युवा पुस्ताले विश्वास गरेका महामन्त्रीद्वयले अबको ७ महिना अवधिमा काम गरेर देखाएमा मात्र फेरि विश्वास गर्न सक्ने उनको दावी छ ।
पुस्तान्तरण र हस्तान्तरणको विधि उमेर मात्र हो या जिम्मेवारी र अवसर पनि हो भनेर बुझ्न पदाधिकारीलाई सुझाव दिए । पूर्व राजाका नाममा भइरहेका हर्कत गलत प्रवृत्तिको संज्ञा दिदै राजाबाट हटेपछि ज्ञानेन्द्र नागरिक भइसकेको टिप्पणी गरे ।