

ताप्लेजुङ – नेकपा एमाले कोशी प्रदेशको कारवाहीमा परेका जिल्ला कमिटी ताप्लेजुङका निवर्तमान अध्यक्ष बलबहादुर साम्सोहाङ पार्टीको विधान महाधिवेशनमा सहभागी हुने भएका छन् । कोशी प्रदेश कमिटीको सल्लाहकार सदस्य रहेका उनलाई आत्मालोचना गरे कारबाही फिर्ता हुने निर्णय प्रदेश कमिटीले गरेको छ । तर साम्सोहाङले भनें आत्मालोचना पत्र पठाएका छैनन ।
आत्मालोचना नगर्ने तर विधान महाधिवेशनमा सहभागी हुने उनको निर्णयका विषयमा जिल्ला कमिटी सचिव एवं प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङ यो जिल्लाको नभएर प्रदेशको विषय भएको दावी गछर्न । ‘हाम्रो जिल्लाको विषय होइन,’ उनले भने, ‘उहाँ १३ जना मध्येको एक प्रतिनिधिचाँही हो बाँकी विषय प्रदेश कमिटीले जान्ने कुरा हो ।’ कारवाहीको विषयपनि थाहा नभएको उनले वताए ।
‘मैले केही गल्ती गरेको छैन किन पठाउने आत्मालोचना पत्र,’ साम्सोहाङले भने, ‘मलाई आत्मालोचना गर्नु भनेर कसैले भनेकोपनि छैन र निर्णयका बारेमा कुनै जानकारी पनि आएको छैन ।’ भाद्र २० गतेदेखि हुने विधान महाधिवेशनमा भने आफू सहभागी हुने प्रष्ट पारे । ‘बिहीबारसम्म जिल्लामै छु, अब रातारात गरेरपनि महाधिवेशन सुरु हुने दिन महाधिवेशन स्थलमा पुग्छु,’ उनले भने, ‘कसले भन्ला र महाधिवेशनमा नबस भनेर रु’ आफू चार महिनासम्म निलम्बन भएको उनले बताए । एमाले भातृ संगठन युवा संघको जिल्ला अधिवेशनको क्रममा गत बैशाखमा तोडफोड तथा हुलहुज्जत गरेको भन्दै एमाले कोशी प्रदेशले साम्सोहाङ र मणि शंकर पोमुलाई निलम्वन गरेको थियो । यसकालागि छानविन समिति समेत वनाएको थियो । छानविन समितिले दिएको प्रतिवेदनका आधारमा साम्सोहाङले कमजोरी स्विकार गरी आत्मालोचना गरे तत्कालै र पोमुको हकमा आठ महिना निलम्वन र आत्मालोचना पत्र पठाउनु पर्ने निर्णय कोशी प्रदेश कमिटीको साउन तेश्रो साता सम्पन्न बैठकले गरेको छ ।
एमालेको विधान महाधिवेशनका लागि १४ जना प्रतिनिधि ताप्लेजुङका छन् । वाङ्दी शेर्पा एमालेमा नरहेकाले बाँकी १३ जना महाधिवेशनका प्रतिनिधि हुन् । एमालेका अनुसार साम्सोहाङ सहित डम्बरध्वज तुम्बाहाम्फे, भुपेन्द्र थेवे, उर्मिला थेवे, होमकुमारी साँवा, छत्रपति प्याकुरेल, दिपेन पोमु, मनकुमार नेपाली, गोपाल थोप्रा, मिना केदेम, टिका दाहाल, आशिष केदेम, भिमादेवी ओझा र वान्दी शेर्पा प्रतिनिधि रहेका थिए ।