१९ भाद्र २०८२, शुक्रबार

एमालेका बलबहादुर साम्सोहाङले गरेनन् आत्मालोचना, विधान महाधिवेशनमा भने सहभागी हुने 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, भाद्र १८, २०८२

ताप्लेजुङ –  नेकपा एमाले कोशी प्रदेशको कारवाहीमा परेका जिल्ला कमिटी ताप्लेजुङका निवर्तमान अध्यक्ष बलबहादुर साम्सोहाङ पार्टीको विधान महाधिवेशनमा सहभागी हुने भएका छन् । कोशी प्रदेश कमिटीको सल्लाहकार सदस्य रहेका उनलाई आत्मालोचना गरे कारबाही फिर्ता हुने निर्णय प्रदेश कमिटीले गरेको छ । तर साम्सोहाङले भनें आत्मालोचना पत्र नपठाएको बताएका छन् ।

‘मैले केही गल्ती गरेको छैन किन पठाउने आत्मालोचना पत्र,’ साम्सोहाङले भने, ‘मलाई आत्मालोचना गर्नु भनेर कसैले भनेकोपनि छैन र निर्णयका बारेमा कुनै जानकारी पनि आएको छैन ।’ भाद्र २० गतेदेखि हुने विधान महाधिवेशनमा भने आफू सहभागी हुने प्रष्ट पारे । ‘बिहीबारसम्म जिल्लामै छु, अब रातारात गरेरपनि महाधिवेशन सुरु हुने दिन महाधिवेशन स्थलमा पुग्छु,’ उनले भने, ‘कसले भन्ला र महाधिवेशनमा नबस भनेर ?’ आफू चार महिनासम्म निलम्बन भएको उनले बताए ।

एमाले भातृ संगठन युवा संघको जिल्ला अधिवेशनको क्रममा गत बैशाखमा तोडफोड तथा हुलहुज्जत गरेको भन्दै एमाले कोशी प्रदेशले साम्सोहाङ र मणि शङ्कर पोमुलाई निलम्बन गरेको थियो । यसकालागि छानविन समिति समेत बनाएको थियो । छानविन समितिले दिएको प्रतिवेदनका आधारमा साम्सोहाङले कमजोरी स्विकार गरी आत्मालोचना गरे तत्कालै र पोमुको हकमा आठ महिना निलम्बन र आत्मालोचना पत्र पठाउनु पर्ने निर्णय कोशी प्रदेश कमिटीको साउन तेश्रो साता सम्पन्न बैठकले गरेको छ ।

https://www.taplejungpress.com/2311.html
एमालेको विधान महाधिवेशनका लागि १४ जना प्रतिनिधि ताप्लेजुङका छन् । वाङ्दी शेर्पा एमालेमा नरहेकाले बाँकी १३ जना महाधिवेशनका प्रतिनिधि हुन् । एमालेका अनुसार साम्सोहाङ सहित डम्बरध्वज तुम्बाहाम्फे, भुपेन्द्र थेवे, उर्मिला थेवे, होम कुमारी साँवा, छत्रपति प्याकुरेल, दिपेन पोमु, मनकुमार नेपाली, गोपाल थोप्रा, मिना केदेम, टिका दाहाल, आशिष केदेम, भिमादेवी ओझा र वान्दी शेर्पा प्रतिनिधि रहेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!