२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङमा १६ प्रतिशत जमिनमा धान रोपाइ भएन, छ प्रतिशत बाँझै

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, भाद्र २०, २०८२

ताप्लेजुङ – यस वर्ष १६ प्रतिशत जमिनमा धान रोपाइ हुन सकेन । धानको बिउ तयार पारेर बसेका किसानले समय निकै घर्किंदा सम्मपनि बाली लगाउने तयारी गरेका थिए । तर भदौ दोश्रो सातासम्म पनि पानी नभएपछि ब्याडको बिउ काटेर गाई वस्तुलाई दिएका छन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यसवर्ष ८४.६ प्रतिशतमा मात्रै रोपाइ भएको छ । गतवर्ष ९८.५ प्रतिशतमा रोपाइ भएको थियो । कृषि प्रसार अधिकृत विजय श्रेष्ठ जिल्लामा ५ हजार ६ सय ६६ हेक्टरमा धानखेती हुने बताउँछन । उनका अनुसार यस वर्ष ४ हजार ७ सय ९७ हेक्टरमा मात्रै रोपाइ भयो । धान रोपाइ नभएको मध्येपनि ६ प्रतिशत खेत पुरै बाँझो भएको छ । १० प्रतिशतमा भनेँ कोदो, मकै मास, मस्याम लगायतका बाली लाग्ने कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
खेती नलागेका किसान सरकारबाट बिउसम्मको सहयोग पाए हुन्थ्यो भन्ने अपेक्षामा छन् । स्थानीय सरकार र नियामक निकायले यसमा प्रतिकृया जनाएका छैनन् । फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपाने नगरपालिका भित्रको बा“झो जमिनको तथ्याङ्क सङ्कलनको काम भइरहेको र सङ्कलन कस्तो सहयोग गर्ने भन्ने निष्कर्षमा पुग्ने बताउ“छन । ‘अहिले हामिले वडावडाबाट तथ्याङ्क सङ्कलनको काम गरिरहेका छौं,’ न्यौपानेले भने, ‘कहा कस्तो सहयोग आवश्यक पर्छ भन्ने विषयमा त्यसपछि छलफल गछांैं ।’
कृषि ज्ञान केन्द्रले भने माथिल्लो निकायमा बा“झो जमिनको अवस्था र किसानको अपेक्षाका विषयमा लेखेरै पठाएको जनाएको छ । यसको प्रतिकृयाभने आइ नसकेको कार्यालयले जानकारी दियो । फुङलिङ नगरपालिका ३ का युवराज बराल साउनमा रोप्नुपर्ने खेत भदौसम्म प्रयास गर्दापनि नरोपिएपछि बा“झै छोडेको बताउ“छन् ।
आली अचिला गरेर तयार पारेको खेत किसानले रोप्न नपाएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!