

ताप्लेजुङ – आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका नौ स्थानीय तहमध्ये खर्चको हिसाबले सबैभन्दा वढी बेरुजु मैवाखोला र सबैभन्दा कम सिरिजङ्गा गाउँपालिकामा देखिएको छ ।
राष्ट्रपतिलाई बुझाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार मैवाखोला गाउँपालिकाले यो आर्थिक वर्षमा ८२ करोड ८८ लाख ६ हजार खर्च गरेको थियो । जसमा ६ करोड ९९ लाख ६० हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ । यो लेखा परिक्षण गरिएको रकमको ८.४४ प्रतिशत हो । दोश्रोमा मिक्वाखोला गाउँपालिका रहेको छ । मिक्वाखोला ७० करोड ७७ लाख ३१ हजार खर्च गरेको थियो । जसमा ४ करोड ३ लाख ६८ हजार बेरुजु रहेको छ । यो बजेटको ५.७० प्रतिशत हो । फक्ताङलुङ गाउँपालिका बेरुजुको तेश्रो नम्बरमा छ । यहा ९० करोड २० लाख ६२ हजारको लेखा परिक्षण गरिएको थियो । ४ करोड ८९ लाख ४३ हजार बेरुजु रहेको उल्लेख छ । यो ५.४३ प्रतिशत हो ।
मेरिङदेन गाउँपालिकाको ९३ करोड २५ लाख ७६ हजारको लेखा परिक्षण गरिएको थियो । यहा ४ करोड ६२ लाख ६ हजार बेरुजु छ । यो ४.९५ प्रतिशत हो । सिदिङवा गाउँपालिका ८१ करोड ६५ लाख २४ हजार खर्च गरेकोमा २ करोड २७ लाख ४८ हजार बेरुजु आएको छ । यो २.७९ प्रतिशत हो । आठराईत्रिबेणी गाउँपालिकाले १ अर्ब २ करोड ३० लाख २ हजार खर्च गरेकोमा २ करोड ६३ लाख ४६ हजार बेरुजु आएको छ । यो २.५८ प्रतिशत हो । फुङलिङ नगरपालिकाले १ अर्ब ३२ करोड ५१ लाख २६ हजार खर्च गरेकोमा २ करोड ९१ लाख १८ हजार बेरुजु आएको छ । यो २.२० प्रतिशत हो । पाथीभरा याङवरक गाउ“पालिकाले ८८ करोड ९३ हजार खर्च गरेकोमा १ करोड ५ लाख ६७ हजार बेरुजु आएको छ । यो १.२० प्रतिशत होभनें सिरिजङ्गा गाउँपालिकाले १ अर्ब ८ करोड ६६ लाख ६९ हजार खर्च गरेकोमा १ करोड १७ लाख १० हजार बेरुजु आएको छ । यो १.०८ प्रतिशत हो ।
महालेखाले परिक्षण गर्ने, बेरुजु फर्स्योटका लागि प्रतिवेदन दिने कागजात पुगे त्यसलाई समावेश गर्ने र नपुगे रकम उल्लेख गरेर अन्तिम प्रतिवेदन राष्ट्रपति मार्फत सार्वजनिक गर्ने गरेको छ ।