२१ भाद्र २०८२, आइतबार

अदालतको निर्णयपछि तत्काल काम थाल्दै पाथीभरा केबलकार कम्पनी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, जेठ ०१, २०८२

ताप्लेजुङ – सर्वोच्च अदालतले यथास्थितिमा राख्न दिएको आदेशसँगै चैत्र तेश्रो सातादेखि रोकिएको पाथीभरामा केबलकार निर्माणको काम तत्काल सुरु हुने भएको छ । अदालतले बैशाख ३१ गते यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेपछि कम्पनीले तत्काल काम सुरु गर्ने भएको हो ।

कम्पनीका प्रतिनिधि रुद्र पौडेलले तत्काल काम सुरु गर्ने बताए । ‘हामीले अदालतको आदेशअनुसार सम्पूर्ण काम रोकेका थियौं,’उनले भने, ‘अब कामगर्ने बाटो खुलेकाले तत्काल काम सुरु गछौँ ।’ यसअघि मुख्यगरी रूख कटान, छपानको काम सकिएको उनले बताए । ‘बटम स्टेसन, टावर र टप स्टेसनको काम अव एकसाथ सुरु हुन्छ,’ उनले थपे, ‘अहिलेसम्म मुख्यगरी रूख कटान छपान गर्ने काम भयो अव सिभिलको काम हुन्छ ।’

बटम स्टेसनमा सुरक्षाकर्मी बस्ने आवासगृह लगायतको संरचना निर्माणको काम भइसकेको छ । बाँकी कामकालागि निर्माण सामग्री, उपकरण लगायत तयारी अवस्थामा रहेकाले तत्काल सुरु गर्ने उनले बताए । निर्माण पक्ष र विरोधका कारण रणभूमि जस्तै बनेको काफ्‌लेपाटी क्षेत्र सर्वोच्चले काम रोक्न दिएको आदेशपछि सुनसान जस्तै बनेको थियो ।

पाथीभरा मुक्कुमलुङ केबलकार निर्माणको काम उद्योग वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको समुहले गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!