मंसिर ३, २०८३
ताप्लेजुङ – ९० वर्षीया वृद्धाको घाँटीबाट सुनको सिक्री लुछेर चोरी गरेको अभियोगमा प्रहरीले ३० वर्षीय युवकलाई पक्राउ गरेको छ।
डेढ तोलाको सिक्री चोरी गरेको अभियोगमा फुङ्लिङ नगरपालिका ४ का प्रेम दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए ।
यादवका अनुसार कञ्चनजङ्घा टोल निवासी ९० वर्षीया सजीमाया लिम्बुको घाँटीबाटै बुधबार बिहान १०ः३० बजेतिर सिक्री लुटेका थिए ।
उनलाई सिक्रीसहित पक्राउ गरिएको यादवले जानकारी दिएका छन् ।
दर्जीविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
चोरी सम्वन्धि कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।