०४ मंसिर २०८३, शुक्रबार

दशौं राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता

उसुमा ताप्लेजुङ मैवाखोलाका सौरभ वने कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, मंसिर ०३, २०८३

ताप्लेजुङ – दशौँ राष्ट्रिय खेलकुद कोशी प्रदेश स्तरीय छनौट प्रतियोगितामा ताप्लेजुङले उसुतर्फको स्वर्ण पदकपनि जितेको छ।

मैवाखोला गाउँपालिका २ का सौरभ विश्वकर्माले स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

झापाको बिर्तामोडमा बिहीबार सम्पन्न थाउलो विधाको ताइचीमा सौरभले उपाधि जितेको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले जानकारी दिए ।

प्रतियोगिता झापाको बिर्तामोडमा बिहीबार भएको थियो ।

यसअघि ब्याडमिन्टनमा फुङलिङ २ कि भावना केदेमले स्वर्ण जितेकी छन् ।

विकले सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै देशभरका खेलाडीसँग प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066