०१ मंसिर २०८३, मंगलबार

ताप्लेजुङ तापेथोकमा ७ करोड बढीमा शैक्षिक स्रोत केन्द्र बन्ने

Logo
Taplejung Press सोमबार, कार्तिक ३०, २०८३

कार्तिक ३०, २०८३
ताप्लेजुङ – पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा ७ करोड बढीको लागतमा ‘शैक्षिक स्रोत केन्द्र (एजुकेसन रिसोर्स सेन्टर)’ बन्ने भएको छ । बेलायतमा सञ्चालित हिमालयन ट्रस्ट युकेको ८० प्रतिशत अनुदान सहयोग र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा सामथ्र्र्य फाउण्डेसन नेपालले स्रोत केन्द्र निर्माणको तयारी गरेको हो ।
नेपालकै नमुना मध्येको एक बनाउने लक्ष्य राखिएको स्रोत केन्द्रमा शिक्षकहरूले शैक्षिक तालिम पाउनुका साथै शैक्षिक अध्ययन केन्द्रको रुपमा रहने सामथ्र्र्य फाउण्डेसनका कार्यकारी निर्देशक उज्वल अमात्यले जानकारी दिए । यसमा आइसिटी रुम, आइसिटी ल्यावदेखि अत्याधुनिक प्रविधि जडित कक्षहरू हुनेछन् ।
फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा बनाउन लागिएको केन्द्र तीन वर्षमा सम्पन्न हुने फाउण्डेसनका ताप्लेजुङ प्रबन्धक राजेन्द्र पन्तले बताए । यसकालागि गाउँपालिकाले ४ रोपनी जमिनको व्यवस्थापन गरिदिने भएको छ ।
‘हामिले जग्गाको व्यवस्थापन र त्यहाँसम्म यातायात पुर्याउने व्यवस्था तत्कालै गरिदिन्छौ,’ गाउँपालिका अध्यक्ष राजन लिम्बूले भने, ‘हिमालयन ट्रस्टले ल्याएको योजनाप्रति हामी सकारात्मक भएर साझेदारी गर्न लागेका हौँ ।’ हिमालयन ट्रष्टले दुई दशकदेखि जिल्लाको फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाको शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । यस अघिसम्म ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र मार्फत गर्दै आएको थियोभनें अहिले सामथ्र्य फाउन्डेसन मार्फत सुरु गरेको छ ।
‘यो केन्द्रबाट फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका माध्यमिक तहका कक्षा प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने तयारी पनि छ,’ प्रबन्धक पन्तले भने, ‘बालबालिका र उनिहरुका अभिभावकलाई रोजगारमुखी बनाउने उद्देश्य सहितले पनि काम गरिरहेका छौँ ।’
समग्र जिल्ला र अन्य जिल्लाकालाई पनि भ्रमण स्थल बनाउने लक्ष्य फाउण्डेसनले लिएको छ । शैक्षिक अध्ययनमा आउने स्वदेशी तथा बिदेसिले लामो समयसम्म बसेर अध्ययन गर्न पाउनेछन् भनेँ त्यसको उपलब्धि र उनीहरूको अनुभव छोडेर जानेगरिको व्यवस्थापन मिलाइने पन्त बताउँछन् ।
सदरमुकाम फुङलिङबाट करिव ३० किलोमिटर दूरीमा रहेको फक्ताङलुङ गाउँपालिकामा निर्माण सम्पन्न भएपश्चात दातृ निकायले पालिकालाई हस्तान्तरण गर्नेछ । व्यवस्थापन, कार्य सञ्चालनकालागि तीनै निकाय सहभागी समिति बनाउने विषयमा छलफल भएको तर यसको अपनत्व पालिकाले लिने अध्यक्ष लिम्बूले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066