कार्तिक ३०, २०८३
ताप्लेजुङ – नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत समेतको सहभागितामा तिलगङ्गा आँखा प्रतिष्ठानले ताप्लेजुङमा चारदिने निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।
नेपाल नेत्रज्योति सङ्घ डिचेन डोङ्गला आँखा उपचार केन्द्र फुङलिङ ताप्लेजुङमा मङ्सिर ५ देखि ८ गतेसम्म शिविर सञ्चालन हुने भएको हो ।
नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङको आयोजना, तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोग र फुङलिङ नगरपालिका लगायतका स्थानीय तहको सहयोगमा शिविर सञ्चालन गर्न लागिएको नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए ।
शिविरमा डाक्टर रुइत सहित विदेशी विशेषज्ञ सम्मको सहभागिता रहने आँखा उपचार केन्द्र ताप्लेजुङका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए ।
शिविरमा आँखाको परीक्षण गर्नुका साथै मोतिबिन्दु लगायतको शल्यक्रिया निःशुल्क गरिने छ । गुरुङका अनुसार ६ देखि ८ गतेसम्मै शल्यक्रिया गरिने छ ।
शिविरमा नाम दर्ताका लागि ६० रुपियाँ शुल्क लाग्ने छ । औषधि र ४० वर्षभन्दा माथिको उमेर समूहकालाई पढ्नका लागि आवश्यक पर्ने चस्मा निःशुल्क दिइने छ ।
शिविरमा उल्लेख्य सहभागिताका लागि स्थानीय तहहरूमा व्यापक प्रचारप्रचार गरिएको आयोजकले बताएका छन् ।
शिविरबाट ताप्लेजुङ सहित पाँचथर, तेह्रथुमका सेवाग्राहीले समेत लाभ लिनसक्ने उल्लेख छ ।