आश्विन १२, २०८३
ताप्लेजुङ – सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान भएको छ । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले सोमबार उडान गरेको हो ।
काठमाडौँदेखि १३ जना यात्रु लिएर आएको जहाज ताप्लेजुङवाट ५ जना लिएर फर्किएको निगमका ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए ।
यसअघि जेष्ठ २२ गते काठमाण्डौं ताप्लेजुङ अन्तिम उडान भएको थियो । सातामा तीन दिनको उडान तालिका रहेपनि उडान भने भएको थिए ।
दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै उडानपनि सुरु भएको हो ।
कार्कीका अनुसार काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडानकालागि अहिले अग्रेजी सेप्टेम्वर महिना सम्मकालागि सातामा एकदिन सोमबारको तालिका रहेपछि आगामी साता अर्थात अक्टोबार महिनादेखि सातामा तीनदिन सोमबार बिहीबार र शनिबार गरी सातामा तीन उडान राखिएको छ ।
भाडा दर भने काठमाडौदेखि ताप्लेजुङको प्रतिव्यक्ति १२ हजार २ सय ७० र ताप्लेजुङदेखि काठमाडौंका लागि १२ हजार ७० रुपियाँ रहेको निगमले जनाएको छ ।
