२७ आश्विन २०८३, बुधबार

काँग्रेस ताप्लेजुङको क्षेत्रीय आधिवेशन ; उद्‌घाटन संयुक्त, मनोनयन दर्ता १२ देखि ३ बजेसम्म

Logo
Taplejung Press सोमबार, आश्विन ११, २०८३

ताप्लेजुङ – नेपाली काँग्रेस ताप्लेजुङको दुवै क्षेत्रको क्षेत्रीय अधिवेशनको उद्‌घाटन सोमबार सदरमुकाम फुङलिङमा संयुक्त रुपमा हुने भएको छ ।
फुङलिङ नगर कार्यसमितिको संयोजनमा बिरेन्द्रचोक नजिकैको खुला स्थानमा उद्‌घाटन कार्यक्रम हुने जिल्ला कार्य समितिका सचिव युक हांबिर हाङ्गाम ९डम्बर० ले जानकारी दिए ।
हाङगामका अनुसार बन्दसत्र भनेँ क्षेत्र नम्बर १ ९क० को उद्योग वाणिज्य सङ्घ र क्षेत्र नम्बर २ ९ख० को होटल जन्नुइनको प्राङ्गणमा हुनेछ ।
मनोनयन दर्ता फाराम सोमबार बिहान ८ देखि १२ बजेसम्म बितरण गरिने र मनोनयन दर्ता दिउसो ३ बजेदेखि गर्ने तालिका रहेको छ ।
बेलुका ६ देखि ८ बजेसम्म सहमतिको प्रयास गरिने छ । सहमति हुन नसके मङ्गलबार बिहान ७ बजेदेखि मतदान हुने जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066