आश्विन ९, २०८३
लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ताप्लेजुङ, पाँचथर र इलामको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएको छ ।
असोज १० गतेका लागि तय भएको प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन असोज १२ गतेका लागि सारिएको छ भने इलाममा पनि क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएको छ ।
नेपाली कांग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङ र पाँचथरका रूपनारायण जबेगुका अनुसार प्रतिकूल मौसमका कारण दुवै निर्वाचन क्षेत्रको अधिवेशन दुवै जिल्ला सदरमुकाम गर्ने गरी असोज १२ गतेका लागि सारिएको हो ।
