२७ आश्विन २०८३, बुधबार

ताप्लेजुङमा काग्रेस कृयाशिल सदस्य ४२ सय १५

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, भाद्र ३१, २०८३

आश्विन १, बिहीबार
ताप्लेजुङ – आगामी असोज ४ गतेदेखि हुने अधिबेशनकालागि ताप्लेजुङमा ४ हजार २ सय १५ कृयाशिल सदस्य यकिन भएको छ ।
जिल्ला कार्य समिति मार्फत केन्द्रमा नविकरणकालागि सिफारिसगरिएका र नया आवेदन दिएका समेतको संख्या हो यो ।
यसअघि २०७६ सालमा ४ हजार ८ सय ६२ रहेको थियो । यही कृयाशिल संख्याको आधारमा २०७८ असोजमा गजेन्द्र प्रसाद तुम्याहाङ नेतृत्वको टिम निर्वाचित भएको थियो । पाँच वर्षको अवधिमा छ सय ४७ जना घटेका छन् ।
काग्रेसले कृयाशिल नया सदस्यका लागि ३ सय र नविकणका लागि वार्षिक २ सय रुपैंया निर्धारण गरेको छ
भाद्र ३१ गतेसम्म कृयाशिल सदस्यता शुल्क केन्द्रमा वुझाएपछि मात्रै सदस्यता विवरण प्रदान गर्ने केन्द्रको नीति अनुरुप बुधबार मात्रै संख्या यकिन भएको काग्रेस श्रोतले जनाएको छ ।
पुस महिनामा र भाद्र ३२ गते गरी करिव १० लाख रुपैंया वुझाइएको उल्लेख छ ।
काग्रेसले असोज ३ र ४ गते वडा अधिबेशन गर्दैछ । ७ गते पालिका र १० गते निर्वाचन क्षेत्र प्रदेशको अधिबेशन गर्ने कार्यतालिका रहेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066