२८ आश्विन २०८३, बिहिबार

शारीरिक रुपमा अशक्त परिवारलाई घरमै सिलिन्डर

Logo
Taplejung Press मंगलबार, भाद्र ०१, २०८३

भाद्र १, २०८३
ताप्लेजुङ – शारीरिक रुपमा अशक्त एक परिवारलाई उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले खाना पकाउने ग्यासको सिलिन्डर घरमै पुर्‍याइदिएका छन् ।
दुई बालकालिका सहित बस्तै आएकी फुर्लमु शेर्पाले तीन दिनदेखि ग्यासको अभाव झेल्दै आएकी थिइन् । उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका विकास गौतम र तोया गौतमले धार्मिक कार्यकालागि बिक्री गरिसकेको सिलिन्डर फिर्ता गरेर उपलब्ध गराएको दावाले जानकारी दिए ।
दावाले खाली सिलिन्डर डिलर सम्म र भरिएको सिलिन्डर उपभोक्ताकोमा पुर्‍याइदिएका थिए । जिल्लामा सिलिन्डरको समस्या सर्वसाधारण नागरिकले अधि भोगिरहेको गुनासो गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066