साउन २२, २०८३
ताप्लेजुङ सहित चार जिल्लाको विद्युत सेवा शनिबार दिनभर अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालयका अनुसार दुहबी दमक १३२ केभिएमा प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले बिहान ४ देखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
ताप्लेजुङ, पाँचथर, इलाम र झापाको पुरै क्षेत्र र मोरङको भनेँ उर्लाबारी, पथरी र आसपासको क्षेत्रको विद्युत सेवा अवरुद्ध हुने प्रादेशिक कार्यालयले जनाएको हो ।
करौन क्षेत्रको टावर नम्बर ६८ र ६९ को बिचमा डेढ इन्ट टावर स्थापना गर्नुपर्ने, प्रसारण लाइनको सुरक्षित सञ्चालन सुनिश्चितता गर्नुपर्ने, केरोन १३२र३३केभी सबस्टेशन परिक्षण तथा सञ्चालन तयारी गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
मौसम प्रतिकुल भए समय हेरफेर हुनसक्ने कार्यालयले जनाएको छ ।
